जुडिबेलाका किसानहरु सुर्ति खेतीमा आर्कषित

0
77

चन्द्रपुर,२३ चैतः
हिजोआज चन्द्रपुर नपा—२ जुडिबेलाका किसानहरुलाई सुर्ति बाली भित्राउन भ्याइ नभ्याइ छ । कोही किसान सुर्तिको पत्ता टिप्न ब्यस्त छन भने कोही डोरीमा उन्न त कोही सुकाउन ।चन्द्रपुर—२ जुडिबेला असनवाका किसान नवराज भण्डारीलाइ बिहानै देखि सुर्तिको पत्ता टिप्ने,उन्ने तथा सुकाउन चटरो छ ।
बिगत १० बर्ष देखि निरन्तर सुर्तिखेती गर्दै आइरहनुभएका भण्डारीले सुर्तिखेतीबाट एक सिजनमा प्रतिकठा २५ देखी ३० हजार रुपैसा सम्म लिनेगरेको बताउनुभयो । बाणिज्य संकायमा स्नातक सम्म अध्ययन गरिसक्नु भएका भण्डारीले यस बर्ष पनि ७ कठा जमिनमा सुर्तिखेती गरेको जानकारी दिनुभयो ।
सुर्तिखेतीबाट न्युनतम पनि प्रतिकठा १२ हजार सम्म बच्ने उहाँको अनुभब छ । धान काटिसकेपछि लगाइने सुर्ति बाली अहिले भित्राउने सिजन हो ।
गत बर्षसम्म दुई सिजनमा सुर्तिबाली लगाइन्थ्यो तर यस बर्ष देखि सुर्य टोबाको कम्पनीले एक सिजन मात्रै सुर्ति लगाउन आग्रह गरेको समेत उहाँले जानकारी दिनुभयो ।
यसैगरी सुर्ति खेती गर्ने अर्का किसान भिमबहादुर पुलामीले सुर्ती खेतीमा कम सिँचाइमै राम्रो उत्पादन लिन सकिने बताउनुभएको छ ।
सुर्तिको भण्डारण र प्याकिङ पनि घरमै गर्न सकिने हुदा पनि श्रमिक अभावका बीच पारिवारिक श्रममै खेती गर्न सकिने पुलामीको भनाइ छ ।
तुलनात्मक रूपमा कम जोखिम र राम्रो आम्दानीका कारण यहाँका किसानहरू सुर्ती खेतीतर्फ झन् आकर्षित बन्दै गइरहेको अर्का किसान गोबिन्द खरेलले बताउनुभएको छ । अन्य बालीको तुलनामा बचत पनि धेरै र घरमै बसेर काम गर्न सकिने हुदा यहाका किसानहरु सुर्तिखेती तर्फ आर्कषण बढेको खरेलको धारणा छ ।
स्थानीय किसान खरेलका अनुसार मकै खेतीमा बढी मेहनत र जोखिम हुने भएकाले सुर्ती रोज्नुपरेको हो । “वर्षेनी प्राकृतिक विपत्तिले मकै बाली नष्ट हुन्छ, सुर्तीमा त्यस्तो जोखिम कम छ,” उहाँले भन्नुभयो । सुर्तिखेतीले स्वरोजगार समेत बनाएको उहाँको धारणा छ ।
केरा,मकै लगायतको नगदे बालीमा जोखिम बढ्दै जाँदा यहाका किसानहरु विकल्प खोज्न बाध्य भइरहेका बेला यसभेगमा सुर्ती खेती विस्तार हुन थालेको छ ।
बिगत दुई दशकअघि यस क्षेत्रमा सुर्ती खेती हुदै आइरहेको छ ।
हाल जुडीबेला गाउमा २४ हेक्टर खेतमा सुर्ति खेती उत्पादन भइरहेको सुर्य टोबाको प्रालिका जुडिबेलाका जेटिए दिपेन्द्र चौधरीले जानकारी दिनुभएको छ । त्यस्तै गुजरा नगरपालिकाको भवानीपुरमा पनि २४ हेक्टर खेतमा सुर्ति खेती भइरहेको उहाँले जानकारी दिनुभयो । गत बर्ष मात्रै एक सिजनमा जुडिबेलाबाट एक सय टन र गुजराको भवानीपुरबाट एक सय टन सुर्ति उत्पादन भएको उहाले जानकारी दिनुभयो ।
जेटिए चौधरीका अनुसार एकसिजनमा मात्रै जुडिबेलाका किसानले सुर्तिबाट पौने २ करोड भन्दा बढी रकम लिने गरेका छन भने भवानीपुर गाउबाट पनि सोही अंक बराबरको रकम लिने गरेका छन ।
सुर्ति खेतीका किसानहरुलाई निशुल्क सुर्तिको बिउको ब्यबस्था,औषधी छर्किन स्प्रे टंकीको ब्यबस्था,त्रिपाल,सुर्ति सुकाउन पोलहरुको ब्यबस्था समेत गर्ने गरेको चौधरीले बताउनुभयो । किसानले उत्पादन गरेको सुर्ति सुर्य टोबाको कम्पनीको सवारी साधन घरघरमै आएर लोड गरेर लाने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here