गौर,२९ चैत ः
लैंगिक हिंसा न्युनिकरण तथा महिला शसक्तिकरणको लागी रौतहटको राजपुर नगरपालिकामा नगर स्तरीय किशोरी क्रिकेट प्रतियोगिताको उदघाटन भएको छ ।
राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजिक आलमले आज आईतवार एक कार्यक्रमका बीच उक्त क्रिकेट प्रतियोगिताको उदघाटन गर्नुभएको हो ।
खेलको उदघाटन गर्नुहुदै नगर प्रमुख आलमले किशोरीहरुको सर्वागिण बिकाशको बिकाशको लागी यस्ता किसिमको प्रतियोगिताको अति नै महत्व हुने बताउनु भएको छ ।
खेलकुदको माध्यमले महिला शसक्तिकरणको लागि सुरु गरिएको अभियानले सार्थकता पाउने नगर प्रमुख आलमको धारणा थियो ।
सोहि कार्यक्रममा आयोजक संस्था ग्रामिण बिकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले किशोरी शसक्तिकरणको लागि खेलकुद महत्वपूर्ण औजार हुने बताउनु भएको थियो । अध्यक्ष हुसेनले महिलाहरुको हक र अधिकार तथा आर्थिक सम्पन्ताको लागी काम गदै आइरहेको जानकारी दिनुभएको थियो ।
इस्लामिक रिलिफ नेपालको सहयोग र ग्रामिण बिकास केन्द्र तथा राजपुर नगरपालिकाको आयोजनामा राजपुर गाउको जनता नमुना बिधालयको खेल मैदानमा प्रतियोगिताको उदघाटन भएको थियो ।
चैत २९ गते देखी शुरु भएको किशोरी क्रिकेट प्रतियोगिता २०८३ बैशाख ३ गते सम्म संचालन हुने ग्रमिण बिकाश केन्द्र नेपालका कार्यक्रम संयोजक धमेन्द्र साहले जानकारी दिनुभएको छ ।
खेलमा राजपुर नगरपालिका भरीका ८ ओटा किशोरी टिमहरु सहभागी हुने र प्रतियोगितामा अधिकांश मुस्लीम किशोरीहरुको सहभागिता रहेको समेत कार्यक्रम संयोजक साहले बताउनुभयो ।
प्रतियोगितामा बिजेता तथा उपबिजेता समुहलाई शिल्ड र कप उपहारको प्रदान गरिने समेत उहाँले जानकारी दिनुभएको छ ।






