नव बिकाश साकोसका ५ सय २४ जना शेयर सदस्यहरुले आँखा र कान निशुल्क परिक्षण

0
71

चन्द्रपुर,२८ चैत
रौतहटको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुर नगरपालिका —४ चन्द्रनिगाहपुरले आफना शेयर सदस्यहरुको निशुल्क आँखा र कान परिक्षण शिबिर सम्पन्न गरेको छ ।
आज शनिबार आफनै भवनमा आयोजित स्वास्थ्य शिबिरमा सो संस्थाका ५ सय २४ जना शेयर सदस्यहरुले आँखा र कान निशुल्क परिक्षण गर्नुभएको हो ।समाजिक उत्तरदाइत्व कार्यक्रम अन्र्तरगत आज सम्पन्न एकदिने निशुल्क आँखा तथा कान परिक्षण शिबिरको उदघाटन रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष पोखरेलले पटक पटक मधेश प्रदेशकै उत्कृष्ठ सहकारीको रुपमा परिचित बनाएको नव बिकाश बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको मनोभाबनालाई बुझेर काम गरेको बताउनु भएको छ । सहकारी संस्थाको मालिक भनेकै शेयर सदस्य भएका हुदा शेयर सदस्यहरुको हितको काम गर्नु नै आजको आवश्यकता भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
कार्यक्रममा नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरका अध्यक्ष राजेन्द्र तिवारीले बिगत १२ बर्ष देखी नै निरन्तर रुपमा संस्थाले शेयर सदस्यहरुको निशुल्क आँखा तथा कान परिक्षणको शिबिर संचालन गदै आइरहेको जानकारी दिनुभएको छ ।
समाजिक उत्तरदाइत्व कार्यक्रम अन्र्तरगत संस्थाले माबि स्तरीय हाजिर जवाफ प्रतियोगिता,बृक्षारोपण कार्यक्रम,बिभिन्न संघ संस्थाहरुलाई सहयोग लगायतका कार्यक्रमहरु गदै आइरहेको समेत अध्यक्ष तिवारीले बताउनु भयो ।
शेयर सदस्यहरु संस्थाको मालिक भएको बताउदै अध्यक्ष तिवारीले बिधि र बिधान भित्र रहेर काम गरेकै कारण यस संस्था पटक पटक मधेश प्रदेशमै उत्कृष्ठ हुदै आइरहेको धारणा राख्नुभएको थियो ।
शिबिरमा २ सय ८० जना शेयर सदस्यले आँखा परिक्षण र २ सय ४४ जना शेयर सदस्यले कानको परिक्षण गराउनुभएको नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाइले जानकारी दिनुभएको छ ।
इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा कान स्वास्थ्य उपचार र दृष्टि आँखा अस्पताल बीरगञ्जको प्राविधिक सहयोगमा आँखा स्वास्थ्य उपचार तथा राम रेवती प्रतिष्ठानका अध्यक्ष डा। शालिग्राम शर्मा पौडेल र हिमालय पोलिक्लिनिक प्राली को सहयोगमा निशुल्क औषधी प्रदान गरिएको मुख्य ब्यबस्थापक प्रसाईले जानकारी दिनुभयो ।
शिबिरको उदघाटन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम,रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब तथा आयोजक संस्थाका पुर्व अध्यक्ष देब बहादुर सापकोटा,चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्य,एकिकृत साकोसका अध्यक्ष कृष्ण बहादुर खडका,संस्थाका संस्थापक अध्यक्ष खडग बहादुर तामाङग,सल्लाहकार दुर्गा चिमोरिया लगायतको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसचिब रमेश तिमलसिनाले संचालन गर्नुभएको थियो भने स्वागत मनत्ब्य संचालक सदस्य रामजी तिमलसिनाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here