चन्द्रपुर,७ बैशाख
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगरपालिका देशमै महिला फुटलबल प्रतियोगिता उत्पादन गर्ने उर्बर भुमी भएको बताउनु भएको छ ।
सोमबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चन्द्रपुर नगर स्तरीय किशोरी फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाइ पुरस्कार बितरण गर्नुहुदै नगर प्रमुख काफ्लेले यस्तो बताउनु भएको हो ।
गत बुधबार देखी “हाम्रो गोल, लैङ्गिक हिंसा विरुद्ध बोल” भन्ने सशक्त नारासहित शुरु भएको चन्द्रपुर नगर स्तरीय किशोरी फुटबल मेयर कप–२०८३ प्रतियोगिता आज सोमबार सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा नगर प्रमुख काफ्लेले रौतहटको चन्द्रनिगाहपुर महिला फुटबलको कारणले गर्दा पनि पहिचान भएको बताउनु भयो ।
यहाँका उत्पादन भएका महिला खेलाडी अहिले हरेक राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलहरुमा सहभागिता जनाउदै आएको उहाँले बताउनु भयो ।
महिला फुटबलहरु खेलाडीहरुको बिकाशको लागी नगरपालिकाले पटकपटक सहयोग गदै आइरहेको र आउने दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्ता किसिमको प्रतियोगिताले लैंगिक तथा महिला हिंसा न्युनिकरणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँले धारणा राख्नुभएको थियो ।
सोही कार्यक्रममा आयोजक संस्था ग्रामिण बिकाश केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले किशोरीहरूको क्षमता विकास, नेतृत्व दक्षता तथा सामाजिक सशक्तीकरणमा यस्ता प्रतियोगिताले महत्वपूर्ण टेवा पुग्ने बताउनु भएको छ ।
खेलको माध्यमबाट लैगिंक हिंसा न्युनिकरण गर्न सकिने समेत अध्यक्ष हुसेनले बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले महिला फुटबल खेलाडीहरुको दक्षता बृद्धि गर्नको लागी सबै तहतप्काबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
आज भएको फाइनल खेलमा चन्द्रपुर वार्ड नंं ५ को टिम बिजयी भएको छ । वार्ड नंं ४ को टिमलाई ट्राइबेकरमा हराउदै वार्ड नं.५ बिजयी भएको हो । बिजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष पारस हुसेन र नगर प्रमुख संजय कुमार काफ्लेले ट्रफि तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा चन्द्रपुर वार्ड नं. ४ का वार्डं अध्यक्ष रबि राना मगर,वार्ड ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड न ं६ का वार्ड अध्यक्ष सहदेब केसी,शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल,रौतहट फुटबल संघका अध्यक्ष भगबान दर्लांमी,आरडिसी नेपालकी उपाध्यक्ष ममता झा लगायतको सहभागिता रहेको आयोजक संस्था आरडिसी नेपालका कार्यक्रम संयोजक धर्मेन्द्र साहले जानकारी दिनुभएको छ । चन्द्रपुर नगरपालिका र आरडिसी नेपालको आयोजना र आरडीएफए, एडीआरए, इस्लामिक रिलिफ नेपाल, आरडीसी नेपाल लगायत संस्थाहरूको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक साहले बताउनुभएको छ ।
उक्त प्रतियोगितामा चन्द्रपुर नगरपालिकको ९ वटा वार्डको ९ वटा टिम सहभागिता भएको समेत उहाँले जानकारी दिनुभयो ।






