चन्द्रपुर एकेडेमीद्धारा एसईई परिक्षामा उत्तिर्ण उत्कृष्ठ बिद्यार्थी अभिभाबकलाइ सम्मान

0
51

चन्द्रपुर,१५ जेठ
रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर एकेडेमीले यस बर्षको एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याएर उत्तिर्ण हुने बिद्यार्थी तथा बिद्यार्थीका अभिभाबकहरुलाई सम्मान गरेको छ ।
बिद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा चन्द्रपुर एकेडेमीका पहिलो ब्याजीको रुपमा यस बर्ष उत्तिर्ण हुने बिद्यार्थी तथा बिद्यार्थीका अभिभाबकहरुलाई सम्मान गरेको हो ।.
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसन्त कुमार आचार्यले कार्यक्रमको उदघाटन गर्नुहुदै बिद्यार्थीहरुको हौसला बढाउने उदेश्यले सम्मान कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
यसैबिच सोही कार्यक्रममा चन्द्रपुर एकेडेमीको बिद्यार्थी परिषदमा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो । केही दिन अगाडी भएको निर्वाचनमा स्कुल क्याप्टेन रोजन न्यौपाने,स्कुल भाइस क्याप्टेन रिसुभ मगर,डिसिप्लेन एण्ड हाइजिङ क्याप्टेन अनुश्का राउत,ल्यांगवेज क्याप्टेन सफलराज खत्री,ब्लु हाउस क्याप्टेन प्रतीक बस्नेत,ब्लु भाइस क्याप्टेन आभास सुवेदी,ग्रीन हाउस क्याप्टेन दिनेश राई,ग्रीन भाइस क्याप्टेन प्रश्मा पाण्डे,एल्लो हाउस क्याप्टेन अमृता गिरि, एल्लो भाइस क्याप्टेन बन्दना रौनियार,रेड हाउस क्याप्टेन – निशान तिवारी ररेड भाइस क्याप्टेन क्रिश राई निर्वाचित भएका थिए । उनीहरुलाइ पुर्व बिद्यालय क्याप्टेनले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि विद्यालयका प्रधानाध्यापकले नव निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई इमान्दारिता पुर्वक आ आफनो भुमिका निर्वाह गर्नुपर्ने धारण राखेका थिए । निर्वाचन संयोजकले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक,शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । यसैबिच सोही कार्यक्रममा सो बिद्यालयमा नया आउनुभएको शिक्षक शिक्षिकाहरुलाइ समेत स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here