भक्तीको लागी भन्दै एक पुरुष चार महिना देखि पौराईको जंगलमा बास

चन्द्रपुर,१३ जेठ
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराई क्षेत्रको दक्षिणतर्फको जङ्गलमा एकजना पुरुष भक्तीको लागी भन्दै बिगत विगत चार महिनादेखि एक्लै जंगलमा बस्दै आएका छन ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत चन्द्रनिगाहपुर—बागमती सडक खण्डको पौराईचोक भन्दा करिब एक सय मिटर दक्षिण ति पुरुष जंगलको रुखमुनी बस्दै आएका हुन ।
प्लास्टिक तथा कपडाको छानो हालेर बनाइएको सानो झुपडीमा बस्दै आएका ती पुरुषले आफ्नो आफनो घर भारतको पन्जाब र नेपालको सर्लाही जिल्लको र्सिसियामा रहेको बताउदै आएका छन ।
उनले दिएको कागजपत्र अनुसार उनी गुरुदेब सिंह नाम पाइएको छ तर उनले आफुलाई नेपाली बिहारी भन्दै आएका छन ।
यहा किन बसेको भन्ने प्रश्नमा उनले भक्ती प्राप्तीको लागी बसेको बताउनछन ।स्थानीयका अनुसार उनी करिब चार महिनादेखि उक्त जङ्गल क्षेत्रमा देखिँदै आएका छन्। उनीसँग कुनै स्थायी बसोबास, परिवार वा नजिकका आफन्तबारे स्पष्ट जानकारी छैन।
परमेश्वरको ध्यान तथा साधनाका लागि जङ्गलमा बसिरहेको बताएका भए पनि स्थानीयले भने उनी ध्यान वा साधनामा गम्भीर रूपमा संलग्न देखिँदैनन् भन्ने बताएका छन् ।
यसरी उनि बिजोग स्थीतीमा बसेको देखेपछि चन्द्रपुर १ पौराईका देबी सापकोटा तथा मोहन प्रसाई लगायत स्थानियको सहयोगमा बास बस्नको लागी समान सहयोग उपलब्ध गराइएको थियो । मानबताको हिसाबले पनि बस्नको लागी खाट,ओछ्यान,त्रिपाल तथा झुल लगायतको समाग्री सहयोग गरेको देबी सापकोटाले बताए । उनी कुन उदेश्यले यहा बसे भन्ने यकिन नभएको भएतापनि बासको लागी सहयोग गरेको सापकोटाले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here