चन्द्रपुर १३ जेठ
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत रौतहटको चन्द्रनिगाहपुरमा आज बुधबार दिउसो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका—२ जुडिबेला चोक पुर्व लच्कामा भएको सवारी र्दुघटनामा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका—१ पौराईका २६ बर्षिय शेख गुलामको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका ट्राफिक प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुलामको मृत्यु भएको ट्राफिक प्रहरी निरिक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभएको छ ।
मकवानपुर जिल्लाका गढी गाउपालिका—३ बस्ने बस चालक लक्ष्मीभक्त ओझा र बसलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शवलाई चन्द्रनिगाहपुर अस्पतालको शव गृहमा राखिएको रौतहट ट्राफिक प्रमुख थापामगरले जानकारी दिनुभयो ।






