रौतहटको सिमाक्षेत्रबाट सेटिङमा तस्करी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

गौर,१३ जेठ
केही महिना यता रौतहट तस्करहरूका लागी सुरक्षित ट्रान्जिट प्वाइन्ट बनेको छ । जिल्लाको मुख्य नाका गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, रापपुर खाप सहितका सबै नाकाबाट अहिले खुलेआम तस्करी भइरहेको स्थानीयको गुनासो छ ।
हाल रौतहटमा खाद्यान्न, कपडा, मोटरपार्टस, भैंसी, कुखुरा, मदिरा, चिनी लगायतको तस्करी भइरहेको छ । सुरक्षाकर्मीकै मिलेमतोमा जिल्ला देखी प्रदेशका अधिकारीहरुले समेत तस्करहरु संग रकम बुझेर संगठित तस्करीको लाइन संचालनमा छुट दिएका छन । भारतसँग सिमा जोडिएका विभिन्न नाकाहरुबाट निस्केका विभिन्न सामानहरु गरुडा चन्द्रनिगाहपुर हुदै देशका विभिन्न भागमा सहजै पुगिरहेका छन ।
गौरस्थित मुख्य नाकाबाट “किरनिया” भनेर चिनिने एक महिलाले संगठित तस्करीको लाइन चलाइरहेकी छिन । भारत र नेपाल दुवैतर्फको नागरिकताधारी किरनियालाई सुरक्षा संयन्त्रले सघाएको छ । गौरबाट रुपेश दास, अमरेन्द्र, राजेश पासवान, सदाम, निरज जयसवाल र राधेश्याम साह लगायतका तस्करहरुले अवैधरुपमा भारतबाट नेपाल सामान ओसारपसार गरिरहेका छन ।
सुरक्षाकर्मीकै सेटिङ्गमा लक्ष्मीपुरबाट मदिरा, चिनी, केरा लगायतका अन्य सामग्री, रामपुरखापबाट कपडा, सुर्ति, कुखुरा, स्पेयर पार्टस लगायतका सामानको तस्करी भइरहेको छ । सुरक्षाकर्मी र तस्करको मिलेमतोका कारण राज्यले दैनिक लाखौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।उता लक्ष्मीपुर–बेलबिछवा नाकाबाट रुपेश र सुरेश नाम गरेका व्यक्तिहरूले नेपाली मदिरा भारततर्फ पठाउने गरेका छन ।
यता तस्करीको मुख्य नाकामा पनि विजय कुशवाहा समूह सक्रिय रहेको बताइन्छ । पूर्व वडा अध्यक्षसमेत रहेका कुशवाहा त्यहाँका “मुख्य नाइके” का रूपमा चिनिने गरेका छन् । दैनिक रूपमा भारतबाट कुशवाहाले विभिन्न सामानहरु ओसारपसार गराइरहेका छन । देशमा नयाँ सरकार गठन भएर सुशासन कायम हुने आश गरिए पनि रौतहटबाट तस्करीको जालो समाप्त हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here