Tuesday, March 5, 2024

काँग्रेस वडा सभापति हातहतियार खरखजनामा मुद्दामा पक्राउ

ताजा / भरखरै प्राप्त

नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका(७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् । हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles