चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौ साधरणसभा सम्पन्न

0
45

चन्द्रपुर,१२ बैशाख
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले समाजिक संघ संस्थामा राजनिति नगर्न आग्रह गर्नुभएको छ ।
शनिबार रौतहटको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं साधारण सभाको उदघाटन गर्नुहुदैन नगर प्रमुख काफ्लेले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख काफ्लेले उपभोक्ताको आधारभूत आवश्यकतालाई मध्यनजर राख्दै—शुद्ध खानेपानीको विषयमा मात्रै केन्द्रित हुनुपर्नेमा जोड दिदै समितिमा जुनसुकै राजनीतिक दल प्रति आस्था राख्नेहरु जनहितको सबालमा राजनीतिकरण नगर्न समेत आग्रह गर्नुभएको छ ।
उपभोक्तालाई स्वच्छ र शुद्ध पानी उपलब्ध गराउन समितिले खेलेको भूमिकामा नगरपालिकाले निरन्तर साथ दिएको उहाँको भनाइ थियो । पाइपलाइन विस्तार देखि आवश्यकता अनुसार सहयोग गर्दै आएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।
चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष किशोर प्रसाद उपाध्यायले प्रगति विवरण प्रस्तुत गर्दै बढ्दो माग अनुसार मोटर थप्दै लगिएको जानकारी दिनुभएको थियो । वडा नम्वर ६ स्थित डाबरीमा ओभरहेड ट्यांकी निर्माणका लागि सर्वे सम्पन्न भई सम्बन्धित निकायमा पहल भइरहेको र प्रविधिमैत्री प्रणालीतर्फ समितिले ध्यान दिएको समेत अध्यक्ष उपाध्यायले बताउनुभएको छ ।
समितिका कोषाध्यक्ष बिनिता बख्रेलका अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा ८ लाख ८४ हजार २२४ रुपैयाँ नाफा भएको छ भने बैंक मौज्दात ३० लाख ४८ हजार ३८५ रुपैयाँ रहेको छ ।
साधरणसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मुकुन्द पौडेल,नेपाली कांग्रेसका प्रतिनिधि विनोद गुप्ता,नेकपा एमालेका नगर सचिव शिव आचार्य र नेकपा चन्द्रपुर नगर अध्यक्ष टिका बहादुर आचार्य,नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,चन्द्रपुर ४ का वार्ड अध्यक्ष रबि राना मगर लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
समितिका सचिब अबधेशहरी भट्टराईको संचालनमा भएको उक्त साधरण सभामा उपाध्यक्ष डोल बहादुर ठाडामगरले स्वागत मनतब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here