पोखरीमा नुहाउन गएका पाँच बर्षिय बालकको डुबेर मृत्यु

0
112

गौर,१३ बैशाख
रौतहटको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरामा आज आइतबार साझ पाँच बर्षिय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
दुर्गा भगवती गाउँपालिका–१ गंगापिपराका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष साहको गाउकै पोखरीमा डुबेर मृत्यु भएको हो ।
आज आइतबार साँझ करिब ६ बजेतिर पोखरीमा नुहाउन गएका पाँच बर्षिय बालक कृष साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभएको छ ।
पोखरीमा नुहाउन गएका बालक बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय गंगापिप्राको टोली,सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले तत्काल खोजी कार्य गरेको थियो ।
हराएको करिब ४५ मिनेट पछि बालकलाई पोखरीबाट उद्धार गरिएको र उद्दारपछि बालकको उपचारका स्थानीय बागमती सेन्ट्रलअस्पताल गंगापिप्रा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बस्यालले जानकारी दिनुभयो ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको समेत उहाँले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here