चन्द्रपुर – रौतहटको चन्द्रपुरमा रहेको जनज्योति बहुमुखि क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनका लागि नेपाल बिद्यार्थी संघले आज उम्मेदबारी दर्ता गराएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने कार्यतालिका सार्बजनिक गरेसंगै आज नेपाल बिद्यार्थी संघले संगम श्रेष्ठको सभापतित्वमा प्रत्यक्ष तर्फ दश जनाको पुरै प्यानल सहितको उम्मेदबारी दर्ता गराएको छ । उम्मेदबारी दर्ता गर्नेमा सचिब पदमा मोहम्मद नौसाद आलम, कोषाध्यक्षमा संगिता कुमारी चौधरी, सदस्यहरुमा क्रमश बिकल कार्की, कृति घिमिरे, शैलेश कुमार पासवान, कसमिर प्रसाद दाहाल, राकेश कुमार साह, बिशाल चौधरी, जय प्रकाश बैठा रहेका छन । जनज्योति बहुमुखी क्याम्पस नेबिसंघ ईकाई सभापति भिमराज अधिकारीले निर्बाचन समितिको कार्यतालिका अनुसार उम्मेदबारी दर्ता गराएको बताउनु भयो । बिद्यार्थीको हकहितमा कार्यगर्दै आईरहेको हुनाले नेबिसंघले स्वबियु निर्बाचनमा बिजयी हुने दाबी गर्नु भयो ।