Thursday, May 23, 2024

जग्गा बिवादमा गोली चल्दा रौतहटमा एकजनाको मृत्यु

ताजा / भरखरै प्राप्त

गौर – रौतहटको गढीमाई नगरपालिकामा जमिनको बारेमा बिवाद हुदा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles