रौतहट – नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति अनुसार अहिले पत्रकापिरता क्षेत्रमा सक्रिय नरहेका सदस्यहरुलाइ सुद्दीकरण गर्ने अभियानलाइ साथ दिदै महासंघको सदस्यता त्यागेको उनले पत्रमा जनाएका छन । अहिले पत्रकारिता क्षेत्रमा समय दिन नसकेको कारण र महासंघको नितिलाइ साथ दिएको उनको भनाइ रहेको थियो । २ कार्यकाल नेपाल पत्रकार महासंघ रौतहट शाखाको सचिब भइसकेका क्षेत्रीले २०५७ सालमा सदस्यता लिएका थिए । क्षेत्रीकै पालामा नेपाल पत्रकार महासंघ रौतहट शाखाको भवन निमार्ण भएको थियो । पत्रकारिता क्षेत्रमा सक्रिय नभएका साथीहरुले यसरी नै स्वयमले सदस्यता त्याग गरी सहयोग गर्न नोपल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले आग्ह गरेका छन ।