Monday, October 14, 2024

९५ वटा सवारी साधन सहित २५ सय क्युफिट भन्दा बढी काठ बरामद

ताजा / भरखरै प्राप्त

रौतहट,२२ साउन
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले एक बर्षको अबधिमा ९५ वटा सवारी साधन सहित २५ सय भन्दा बढी क्युफिट काठ बरामद गरेको छ । आर्थिक बर्ष २०७९÷०८० भित्र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले २ हजार ५ सय ३२ क्युफिट काठ तस्करबाट बरामद गरेको हो ।
एक बर्षको पटक पटक गरेर सो काठ तस्करबाट बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन । रौतहटको बिभिन्न वन क्षेत्रबाट काठ तस्करी गर्दैगर्दा सो काठ बरामद भएको हो ।
यसै अबधिमा सोही काठ ढुवानी गर्न प्रयोग भएका ८ वटा पिकअप भ्यान,३ वटा टयाक्टर, एक वटा ट्रक,एक वटा मिनिट्रक,१ वटा स्कारपियो,६५ वटा साइकल,५ वटा मोटरसाइकल र ४ वटा रिक्सा सहित ९५ वटा सवारी साधन बरामद गरेको डिभिजन वन प्रमुख कर्णले जानकारी दिए ।
उक्त काठ तस्करीमा संलग्न ५० जना काठ तस्करलाइ पनि नियन्त्रणमा लिएको प्रमुख कर्णले जानकारी दिएका छन ।
बरामद गरिएका अधिकांश सवारी साधन भारतिय नम्बरको भएको र तस्करहरुले ति सवारी साधनमा नेपाली नम्बर राखेर चलाउने गरेको पाइएको उनले बताए । काठ तस्करीमा प्रयोग भएका सवारी साधनहरुको अबस्था बारे यातायात कार्यालयमा पत्रचार समेत गरेको कर्णले जानकारी दिएका छन । काठ तस्करी नियन्त्रणको लागी वन क्षेत्रमा कर्मचारीलाइ रातदिन खटाइएको उनले बताए ।
चुरे क्षेत्रको ढुंगा चोरी निकाशीको लागी जनप्रतिनिधिहरुले असहयोग गरेको उनको गुनासो छ । वन कर्मचारी पुगेपछि ढुंगा तस्कर भाग्ने गरेको र वन कर्मचारी फर्किएपछि फेरी तस्करी हुनेगरेको उनी बताउछन । नदीजन्य पदार्थको संरक्षण र अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका कर्मचारीको भुमिका शुन्य भएको समेत डिभिजन वन प्रमुख कर्णले बताए । ढुंगाको चोरी निकाशी नियन्त्रणको लागी सहयोग गर्न उनले जनप्रतिनिधिहरुलाइ पनि आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles