Wednesday, May 22, 2024

रौतहटमा बाढीमा डुबेर एक जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

रौतहट,२३ साउन
रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ का एक वृद्ध व्यक्तिको डुबेर मृत्यु भएको छ ।
जिल्लाको गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट विहान वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किरहेको अवस्थामा बढीको पानीमा डुबेर मृत्यु भएको हो ।
भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रनिगाहपुर अस्पताल ल्याइएको थियो । बाढीमा डुबेर आएका बिरामी भाटको उपचार गर्न ल्याउने क्रममै मृत्यु भएको चन्द्रनिगाहपुर अस्पतालका प्रमुख डा.अभिनन्दन श्रीवास्तबले जानकारी दिएका छन ।
यता फतुवाविजयपुर नगरपालिका वडा नं.८ बुनियाँदका लालबहादुर चौधरी पानीमा डुब्दै गरेको अवस्थामा स्थानिय मानिसहरुको सहयोगमा प्रहरीले उद्दार गर्न सफल भएको छ । प्रहरी निरिक्षक अरविन्द कुमार साहको कमाण्डमा ७ जनाको टोलीले चौधरीलाइ उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख बिर बहादुर बुढामगरले जानकारी दिएका छन ।
यसैगरी भैसी चराउन गोठाला गएका राजपुर नगरपालिका वाड नं. ३ फतुवा महेशपुरका ३ जना युवकहरु लालबकैया नदीको बगरमा फसेकोलाई सुरक्षाकर्मीलाइ उद्धार गर्न पठाइएको एसपी बुढामगरले जानकारी दिए ।
यस्तै परोहा नगरपालिका वाड नं.४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खवर प्राप्त भएको छ तिनिहरुलाई उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिसकेको एसपी मगरले जानकारी दिए ।
यस्तै मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीबाट जोगिन रुखमा बसेका युकलाई समेत उद्धार गरेर सकुशल बाहिर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका एसपी दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झाझ खोलाको बाढीबाट गाउँ वरिपरिका क्षेत्र पूर्ण रुपमा डुबानमा परेको उनले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles