चन्द्रपुर – सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण तथा अन्तरक्रिया सामुदायिक वन दिवसको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित पौराईमा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन ब्यवस्थापन “ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । डिभिजन वन कार्यालय रौतहट, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ चन्द्रपुर, जिल्ला महासंघ रौतहट र ग्रामीण बिकास केन्द्रको संयुक्त आयोजनामा उतm कार्याक्रम भएको महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यले बताउनुभयो । जागृति महिला सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिव ५ सय बिरुवा रोपिनुका साथै सोहि सामुदायिक वनको सभाहलमा अन्तरक्रिया भएको उहाँले जानकारी दिनुयो । विभिन्न व्यतिmत्वहरुको उपस्थितीमा बृक्षारोपण भएको उहाँको भनाई छ । अन्तरक्रिया कार्यक्रम चन्द्रपुर नगरपालिकाका नगर उप–प्रमुख जयमाला कुमारी चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य सरस्वती खुलाल , कमला ढकाल, डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत मधु सिंह , चन्द्रपुर नगरपालिका वडा नम्बर–१ का वडा सदस्य हरि बाहादुर वाइवा लगायतको आतिथ्यता रहेको थियो । वनको अवस्था, समस्या र चुनौती लगायतका बिषयमा अन्तरक्रिया भएको जनाईएको छ । सामुदायिक वन महासंघ रौतहटका उपाध्यक्ष टिका आचार्यले कार्यक्रमको बिषयबस्तु बारे जानकारी गराउनुभएको थियो भने अध्यक्ष बेदहरि दाहाल प्रकाश पार्नुभएको हो । उतm कार्यक्रमको सन्चालन भने सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका महासचिव प्रेम कुमारी तिमिल्सिनाले गर्नु भएको थियो । सो कार्यक्रममा महासंघका प्रदेश सदस्य, जिल्ला तथा नगर महासंघका पदाधिकारी तथा जिल्लाका सामुदायिक वनका उपभोतmाहरुको उल्लेख्य सहभागिता रहेको थियो । अन्तरक्रिया तथा बृक्षारोपण कार्यक्रमको सभाध्यक्षता भने पदम कुमारी रानाले गर्नु भएको हो । कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटले जनाएको छ ।