भदौ ११ गते चपुरमा गाइजात्रा कार्यक्रम हुने

0
280

रौतहट,साउन २९
आउदो भदौ ११ गते रौतहटको चन्द्रनिगाहपुरमा पहिलो पटक गाईजात्रा कार्यक्रम हुने भएको छ। आगामी भदौ ११ गते साँझ हुने गाईजात्रामा नेपालका ख्यातिप्राप्त कलाकारले प्रहसन दिनेछन्। चन्द्रपुर नगर उद्योग वाणिज्य संघले आयोजना गरेको गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने लगायतका कलाकारले सहभागीता जनाउने छन्। ‘२०८० सालको गाईजात्रा’नाम दिइएको यो गाईजात्रा नेपालका अन्य शहरमा पनि देखाइने छ।ब्राण्डवर्थ प्रालिले आयोजना गरेको गाईजात्रा विराटनगर, बर्दिबास, सैनामैना र दाङमा आयोजना हुने छ। यहि कार्यक्रम अन्तर्गत भदौ ११ गते साँझ होटल अशोका प्लाजामा गाईजात्रा विशेष कार्यक्रमममा कलाकारले प्रहसन दिने छन्।
गाईजात्रा विशेष कार्यक्रमका लागि तयारी थालिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए। कार्यक्रममा हास्य व्यंग्य कलकारको प्रस्तुति सँगै सास्कृतिक कार्यक्रम पनि गरिने यनको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here