रौतहट,साउन २९
रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माण गर्न विशेष प्राथमिकता दिईने बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन पूर्वाधार, विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई प्राथमिकता दिदै यश आर्थिक बर्षमा जोड दिईने यादवले बताए ।
आर्थिक बर्ष २०८०÷०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट नगरप्रमुख यादवले प्रस्तुत गरेका थिए ।
चालु तर्फ ३७ करोड़ ७२ लाख ४७ हजार चार सय रुपैयाँको बजेट पारित गरिएको र पुँजीगत तर्फ १५ करोड ४३ लाख ३७ हजार नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि पछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए।
वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले नगरपालिकामा रहेका समस्या पहिचान गर्दा नगर सभा गर्न ढिलो भएको र कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाहरुलाई यथाशीघ्र पूरा गर्नुका साथै अनावश्यक करारका कर्मचारीलाई स सम्मान विदाई गर्ने बताए ।
वाड नं. १ का वडाध्यक्ष रामपुकार यादवले प्रस्तुत गरिएको नीति कार्यक्रमले आउदा दिनमा नगरपालिकाले बिकाशको गति लिने बताए ।
यस्तै वडा नम्बर २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षाको अभावमा नगरको समस्या उत्पन्न भएको हुदा गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउदै कृषिलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
नगर सभामा गढीमाइ नगरपालिकाको वाड नं. १ देखि ९ सम्मका वडाध्यक्ष, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, नगर कार्यपालिकामा विभिन्न फाँटका प्रमुखहरु, लेखा प्रमुख कामेश्वर सहनी लगायतको सक्रिय सहभागिता रहेको थियो ।