रौतहट,३१ साउन
कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरको लागी पठाएको रसाइनिक मल अन्तै पुगेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गुजरा नगरपालिका वाड नं. २ को मैरा कटानीको जगलबाट बरामद गरेको छ । १ सय २ बोरा मल सहित चन्द्रनिगाहपुर प्रहरीले एक ट्रक र दुई वटा ट्याक्टर र पाँच जनालाई पक्राउ गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेड विरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुरमा ल्याउनका लागि ना ६ ख ९१९२ नम्वरको ट्रकमा ४२० बोरा युरिया मल लोड गरि पठाईएकोमा सम्वन्धित स्थानमा नपुगेको खबर आएपछि प्रहरीले खोजतलाश गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइरालाले जानकारी दिए । गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट मार्फत ढुवानी भएको सो ट्रक चालक बर्ष २८ का हरिकान्त पासवानलाई सम्पर्क गर्दा गुजरा नगरपालिका वडा नं. २ मैरा कटानी जंगल नजिकैबाट प्रहरीले बरामद गरेको डिएसपी कोइरालाले बताए ।
लामो समय सम्म पनि रसयानिक मल नपुगेको र चालक पनि सम्पर्क विहिन भएको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजी गरेको उनकोब भनाइ छ ।
यहि साउन २६ गते कार्यालयमा प्राप्त सुचनाका आधारमा खोजी गर्ने क्रममा एक ट्रक र दुई वटा ट्याक्टर सहित पाँच जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थितबाट ना.६ ख ९१९२ नम्वरको ट्रक, चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाबाट नम्वर प्लेटर अनटेष्ट रहेको ट्याक्ट्र , सोहि वडाबाट ना. ३ त २१८० नम्वरको ट्याक्टर बरामद भएको डिएसपी कोइरालाले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा वृद्धावन नगरपालिका वडा नं. ६ कमलपट्किा हरिकान्त पासवान, गुजरा नगरपालिका वडा नं. ९ सिमराभवानीपुरका कृष्ण चौधरी, चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरियाका लक्ष्मण चौधरी, चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरका छोटेलाल बैठा र गुजरा नगरपालिका २ कटानीका मुकेश महतो रहेका छन् । पक्राउ परेकाहरुलाई अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्वन्धी कसुरमा अदालतबाट म्याद थप गरि अनुसन्धान भै रहेको डिएसपी कोइरालाले जानकारी दिएका छन ।