नेकपा एमाले मधेश प्रदेश अधिबेशनको लोगो सार्वजनिक

0
382

रौतहट- नेकपा एमालेले आउदो असोज २४ र २५ गते हुने मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तिव्र विकासको आवश्यक्तालाई उजागर गरेको लोगो सार्वजनिक गरेको हो ।
मधेश प्रदेश अधिवेशनको मुल नारा “सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार ।“ रहेको छ । मधेशमा आर्थिक–सामाजिक असमानताको अन्त्य गर्दै मधेशलाई गरिवीको चपेटाबाट माथि उठाउन एवं मधेश भित्र विद्यमान जाति–जनजाति महिला र विभिन्न उत्पिडित समुदाय समेतलाई राष्ट्रको मुल धारमा समाहित गर्दै सामाजिक न्याय सुनिश्चित गर्नु हाम्रो पार्टीको कार्यभार रहेको नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादबले बताएका छन ।
मधेश प्रदेशमा व्याप्त भ्रष्टाचार, असमानता, विकृति विसंगति अन्त्य गर्दै वलियो सरकारको माध्यमवाट सुशासनको प्रत्याभूति, समृद्ध मधेशको निर्माण र सिंगो मधेशको स्वाभिमानलाई माथि उठाउनु पार्टीको उदेश्य रहेको अध्यक्ष यादबले बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीको प्रथम अधिवेशन २०८० असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा हुदैछ ।
एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्नेछन । उद्घाटन समारोहमा प्रतिनिधिहरु एवं मधेश प्रदेशका आठ वटै जिल्लावाट अगुवा कार्यकर्ताहरु आउने छन । अहिले नेकपा एमालेको जिल्ला कार्यालय रहेको स्थानमा नै श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले मिथिला भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । अधिवेशन वर्षः २०७२ सालमा संविधान जारी भएपछि संघियता कार्यान्वयन, स्थानीय तह एवं संघ र प्रदेशका निर्वाचन, विचमा नेकपा बने पछिका अलमलले करिव ७ वर्षदेखि प्रदेश पार्टी संगठन तदर्थ रुपमा नै रहेको थियो । यो वर्ष पार्टीले राष्ट्रव्यापी रुपमा अधिवेशन वर्ष घोषणा गरि अधिवेशनहरु सम्पन्न गर्ने एवं व्यवस्थित संगठन वनाउने कार्यक्रम तय गरेको सन्दर्भमा यो प्रथम मधेश प्रदेश अधिवेशन आयोजना हुदैछ । यस अधिवेशन आयोजना पूर्व नै मधेश प्रदेशका ८ वटै जिल्लामा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण २३ वटै जनसंगठनको मधेश प्रदेश स्तरीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
सवै प्रतिनिधिहरु असोज १५ गते भित्र चयन हुनेछन । हरेक जिल्लावाट मुस्लिम र दलित म जना र आदिवासी जनजाति ४, ४ जनाको दरले प्रतिनिधित्व रहनेछ । हरेक निर्वाचनको ईकाईमा महिला र ४० वर्ष मुनिको युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सुनिश्चित प्रतिनिधित्व वाहेक पनि खुल्लावाट समेत मुस्लिम, दलित, युवा र महिला आउन सक्ने हुदा समावेशी प्रतिनिधित्वको संख्या उल्लेख्य रहनेछ ।
अधिवेशन सफल पार्न वनेका विभिन्न समितीहरु गठन गरिएको छ । इन्चार्ज कमरेड योगेश भट्टराईको संयोजकत्वमा आठ वटै जिल्ला ईन्चार्ज एवं प्रदेश प्रचार र जनसंगठन विभाग प्रमुख सदस्य रहेको अनुगमन तथा निर्देशन समिती, लिला नाथ श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि छनौट अनुगमन तथा निर्देशन समिती, प्रदेश अध्यक्ष क. रामऔतार यादवको संयोजकत्वमा प्रदेश पदाधिकारी एवं जिल्ला अध्यक्षहरु रहनु भएको मुल व्यवस्थापन समिती एवं उहाकै संयोजकत्वमा प्रतिवेदन लेखन समिती, कमरेड रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिती, राजकिशोर यादव संयोजक रहेको अतिथी सत्कार समिती, कमरेड सोम प्रसाद शर्माको संयोजकत्वमा प्रचार प्रसार समिती, अशोक केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिती, श्याम शिवाकोटी संयोजक एवं कमल चौधरी सहसंयोजक रहेको स्वयं सेवक परिचालन समिती, शिव शंकर साह (हिरा) को संयोजकत्वमा खाद्य व्यवस्थापन समिती, मोहम्मद कैसको संयोजकत्वमा आवास व्यवस्थापन समिती, कमरेड सुरेन्द्र भण्डारीको संयोजकत्वमा मन्च व्यवस्थापन समिती लगायतका समिती उपसमिती क्रियासिल रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here