चन्द्रपुर,११ असार
रौतहटको चन्द्रनिगाहपुरमा प्राइड मन्थ २०२४ को समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सप्तरंगी नेपाल चन्द्रनिगाहपुरको आयोजनामा मंगलबार उक्त समिक्षा बैठक सम्पन्न भएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूले हरेक जुन महिनालाइ प्राइड मन्थको रुपमा मनाउदै आएको छ । जुन महिनालाइ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूले प्रेम र समावेशिताको उत्सव अर्थात् प्राइड मन्थ गौरवको महिनाको रुपमा मनाउदै आरहेको र सोको बारेमा बैठकमा समिक्षा गरिएको सप्तरंगी नेपालकी कार्यक्रम संयोजक जिना रानाले जानकारी दिएकी छिन ।
रौतहट जिल्लामा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूले बिभिन्न कार्यक्रम गरेर प्राइड मन्थ मनाएको कार्यक्रम संयोजक रानाले जानकारी दिएकी थिइन ।
बैठकमा रौतहटमा एचआइभि एडसको अबस्था र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरू अबस्था र समस्याको बारेमा पनि छलफल भएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरी,चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगर,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,वाड नं. १० का वाड अध्यक्ष टंकेश्वर चौधरी,गरुडा नगरपालिका वाड नं. ३ का वाड अध्यक्ष अम्बीका सहनी,वाड नं. २ का वाड अध्यक्ष कृष्णनन्दन सहनी,कार्यपालिका सदस्य संजिब प्रसाद साह,संचारकर्मी रमेश तिमलसिना,सप्तरंगी नेपालकी प्रशासनिक अधिकृत राधिका तिमलसिना लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी कार्यक्रम संयोजक जिना राना मगरले सहजीकरण गरेकी थिइन ।