गौर भन्सारको आयात पनि घट्यो,लक्ष्य पनि घट्यो

0
184

रौतहट,२ साउन
रौतहटको गौर भन्सार कार्यालयले गत आर्थिक बर्ष २०८१÷०८२ मा करिब ३० करोड राजस्व संगलन गर्न सफल भएको छ । गत आर्थिक बर्षमा गौर भन्सार कार्यालयले २९ करोड २९ करोड ९१ लख ३५ हजार तिन सय ५२ रुपैया राजस्व संकलन गर्न सफल भएको गौर भन्सार कार्यालय रौतहटका प्रमुख बिकाश कुमार रजकले जानकारी दिनुभएको छ ।
भन्सार बिभागले आर्थिक बर्ष २०८१÷०८२ मा गौर भन्सार कार्यालयलाई ३५ करोड ४३ लाख ७८ हजार रुपैया राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
बिभागले दिएको लक्ष्य अनुसार ८४.४१ प्रतिशत राजस्व संकलन गर्न सफल भएको गौर भन्सार प्रमुख रजकले जानकारी दिनुभएको छ । असार महिनामा १११ प्रतिशत राजस्व संकलन गरेको उहाले जानकारी दिनुभएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा गौर भन्सार कार्यालयले ८५.९६ प्रतिशत राजस्व संकलन गरेको थियो ।
आर्थिक बर्ष २०८०÷०८१ मा गौर भन्सार कार्यालयलाइ ३४ करोड ८७ लाख तिन हजार लक्ष्य दिएकोमा २९ करोड ९७ लाख ७५ हजारु रुपैया राजस्व संकलन गरेको उहाले जानकारी दिनुभएको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ मा गौर भन्सार कार्यालयले ३३ करोड २९ लाख ९२ हजार लक्ष्य पाएको समेत प्रमुख रजकले जानकारी दिनुभयो ।
गत आर्थिक बर्ष भन्दा चालु आर्थिक बर्षमा दुई करोड १३ लाख ६ हजार लक्ष्य कम दिइएको छ ।
प्लान्ट क्वारेन्टाइनको अभाबले गौर भन्सार कार्यालयको राजस्वमा प्रभाब पारेको प्रमुख रजकको भनाइ छ । प्लान्ट क्वारेन्टाइन नहुदा गौर भन्सारबाट खाद्य,तरकारी तथा पशु आयत निर्यात हुन सकेको छैन । गौरमा प्लान्ट क्वारेन्टाइन नहुदा रौतहटका ब्यपारीहरु सर्लाहीको मलंगवा र पर्साको बिरगंज हुदै समान आयात गर्ने गरेका छन ।
सो कार्यालय स्थापनाको लागी स्थानिय ब्यपारीहरुले गौर भन्सार कार्यालयमा धर्ना समेत बसेका थिए । गौर भन्सार क्षेत्रमा क्वारेन्टाइन नहुदा रौतहटको गौर,गरुडा,कटहरिया,पिपरा,समनपुर,चन्द्रनिगाहपुरका ब्यपारीहरुले अन्य जिल्लाको भन्सार कार्यालयबाट समान आयात गरिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here