Thursday, April 25, 2024

पतञ्जली योग चपुर समितिद्धारा सत्संग कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,१ कार्तिक
रौतहटको चन्द्रपुरमा पतन्जली योग समितिको आयोजनामा सत्संग कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग समिति चन्द्रपुरका अध्यक्ष अर्जुन तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तीन सदस्यीय महिला समिति समेत चयन गरेको छ । समितिको जिल्ला महिला प्रभारी विमला कुमारी ढकाल(गौतम), महामन्त्री किरण कुमारी झा र सदस्यमा इन्दिरा तिवारी रहनु भएको छ । सो कार्यक्रम समितिका सचिव सुनिल कुमार झाले संचालन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पतन्जलि योग समिति नेपालका केन्द्रीय महिला प्रभारी साध्वी देव आदिति रहनु भएको थियो भने विशेष अतिथि केन्द्रीय सदस्य हिरा अधिकारी,अतिथिहरुमा मधेश प्रदेस सदस्य भुपाल श्रेष्ठ,बारा जिल्ला प्रभारी सुरेस साह,महिला प्रभारी सिला साह, सप्तरी महिला प्रभारी शान्ता चौधरी , शम्भु सिहं,सावित्री सिहं , समाज सेवी शम्भु भट्टराई, पतन्जलि योग समिति चन्द्रपुरका योग गुरु , साधक साधिका योगहरुको उपपस्थिति रहेको थियो । कार्यक्रममा योग स्वास्थ्यको लागि अति नै आवश्यक भएकाले यसलाई समाजको हरेक तहतप्कासम्म पु¥याउन समय समयमा शिविरको आयोजना गरि योगको महत्व बुझाउनु पर्नेमा सहभागीले जोड दिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles