चन्द्रपुर÷ जन्म दर्तालाइ शत प्रतिशत पुराउन तथा बाल विवाह न्युनिकरण गर्ने अन्र्तरगत चन्द्रपुर नगरपालिकाको वाड नंं २ मा वाड स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार वाड कार्यालयमा आयोजित अन्र्तरक्रिया कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले बालबालिकाहरुको पहिलो अधिकार जन्मदर्ता कार्यलाइ सहज बनाउनुपर्ने बताउनुभएको छ । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी उप प्रमुख चौधरीले समयमा नै जन्मदर्ता गर्न पनि आम नगरबासीलाइ आग्रह गर्नुभएको छ ।
सो वार्डका कार्यवाहक वाड अध्यक्ष संजिब कुमार कुश्वारको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा चन्द्रपुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बरालले चन्द्रपुरमा जन्मदर्ताको अबस्था र वाल विवाह न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटकी सदस्य कमला ढकाल,महेन्द्र माबि रैयाटोलकी प्रअ कमला थापा,वाड सदस्य शर्मिला परियार चण्डेश्वरी महिला साकोसका अध्यक्ष दुर्गा आचार्य,छोरी संस्थाका प्रोग्राम कोअर्डिनेटर कोपिला तिमलसिना,जुडिबेला माबिको शिक्षक प्रतिनिधि दिर्घ नारायण चौधरी,असनवा निमाबिका शिक्षक प्रतिनिधि मिरा देबकोटा,स्वयमसेविकाहरु,संचारकर्मीहरु लगायतका उपस्थीती रहेको थियो ।
कार्यक्रममा बाल बिवाह न्युनिकरण गर्न अझ शसक्त भएर अगाडी बढने,बाल क्लबहरुलाइ प्रभाबकारी रुपमा चलायमान बनाउने र जन्मदर्ता कार्यलाइ सहज बनाउने बारेमा निर्णय भएको चन्द्रपुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बरालले जानकारी दिनुभएको छ ।