Wednesday, May 29, 2024

करिब १७ सय बिपन्न घर परिवारलाइ खाद्यन्न सहयोग

ताजा / भरखरै प्राप्त

चन्द्रपुर- रौतहटको एक संस्थाले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका र राजपुर नगरपालिकाको करिब १ हजार ७ सय परिवारलाइ खाद्यन्न सहयोग हस्तान्तरण गरेको छ ।
रौतहटमा रहेको ग्रामिण बिकाश केन्द्र (आरडिसी) नेपाल चन्द्रनिगाहपुरले सो खाद्यन्न बितरण गरेको हो । मंगलबार चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको मुस्लीमटोलमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफले एक कार्यक्रमका बिच खाद्यन्न हस्तान्तरण गर्नुभएको थियो ।
हुदा खाने बिपन्न परिवारलाइ यस्ता किसिमको सहयोगले धेरै राहत महसुस हुने नगर प्रमुख काफलेले बताउनु भयो । संस्थाले सन फलाउर तेल,तोरीको तेल,गहुको पिठो, ५० किलो चामल,चिनी, बिभिन्न थरीका दालहरु ल्गायतको समाग्रीहरु बितरण गरेको सो संस्थाकी मनोपरामर्शकर्ता सन्जु खडकाले जानकारी दिनुभएको छ ।
सो संस्थाले चन्द्रपुरमा मात्रै ६ सय ९१ बिपन्न परिवारलाइ सो संस्थाले खाद्यन्न बितरण गरेको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा आरडिसी नेपालले यही फागुण २५,२६,२७,२८ र २९ गते चन्द्रपुर नगरपालिकाको बिभिन्न टोलहरुमा र राजपुर नगरपालिकाको बिभिन्न वाडहरुमा बाडेको थियो ।
बिपन्न परिवारको पहिचान गरी आवश्यकतालाइ महसुस गरेर यो परियोजनाले काम गरिराखेको आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले बताएका छन । गरिब तथा बिपन्न परिवारको आर्थिक अबस्था सुधार गर्नको लागी यस्ता किसिमका परियोजनाहरु संचालन भइरहेको अध्यक्ष हुसेनको भनाइ थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles