होली पर्वले आपसी सदभाब बढाउछ— संसद तिमलसिना

0
161

चन्द्रपुर – रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले होली पर्वले आपसी सदभाब बढाउने बताउनु भएको छ । नेपाली काग्रेस चन्द्रपुर नगर समितिले शनिबार आयोजना गरेको होलि मिलन कार्यक्रममा संसद तिमलसिनाले यस्तो बताउनु भएको हो । सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका तिमल्सिनाले असत्य माथि सत्यको जीतको रुपमा लिईने होलि पर्बले सबैमा आपसी सदभाब कायम रहने बिश्वास लिएको बताउनु भयो । बृन्दाबन नगरपालिकाका पुर्ब नगर प्रमुख राम स्नेही राय यादबले रङ्गै रङ्गको पर्ब होलि पर्बले सम्बृद्ध समाज निर्माण गर्न सघाउ पुरयाने बताउनु भयो । नगर सभापति मुकेश गिरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम समापन गर्नुहुदै नगरसभापति गिरीले हिन्दुहरुको महान चार्ड होली पर्वले सबैमा खुशी छाउने आसा र अपेक्षा रहेको बताउनुभयो ।
यसैबिच रौतहटको चन्द्रपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसमा आज होलि मिलन कार्यक्रम गरिएको छ । नेपाल बिधार्थी संघ जनज्योती बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा होली मिलन तथा शुभकामना आदान प्रदान गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथी रौतहट क्षेत्रनम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले शिक्षा क्षेत्रमा पछि परेको रौतहटमा जनज्योती क्याम्पसले यसक्षेत्रको अग्रणी शैक्षिक क्षेत्र बनेको बताउनु भयो । क्याम्पसको पुर्बाधार र शैक्षिक क्रियाकलापको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । सोही कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले क्याम्पसको बृहतर हित र बिद्यार्थीहरुको भबिष्य निर्माण हुने सबालमा क्याम्पसलाई नगरपालिकाले सदैब सहयोग गर्ने बताउनु भयो । सो शुभकामना आदान प्रदान कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष सञ्जय कार्की, कोषाध्यक्ष चिरन्जिबी गौतम, सदस्य तारा सापकोटा, क्याम्पस प्रमुख राजन श्रेष्ठ, स्वबियु सभापति संगम श्रेष्ठ प्राध्यापक, बिद्यार्थीको सहभागिता रहेको थियो । समितिका सभापति शुसिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रम गोपाल हुमागाईले संचालन गर्नु भएको थियो । बिद्यार्थी नेता श्यामहरी चौलागाईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here