भोटिङ लाइन भोली शुक्रबार दिउँसो १२ बजे सम्म खुल्ला
चन्द्रपुर,१३ बैशाख
रौतहट चन्द्रपुर नगरपालिका वाड नं। ५ की मुक्ता गौतम हिमालय टेलिभिजन एचडी मा प्रशारण भैरहेको द पोएट आइडियल सिजन २ को उत्कृष्ट ८ मा पर्न सफल भएकी छिन ।
लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ को वाइल्ड कार्ड श्रृंखलाको मञ्चमा नै गायक प्रमोद खरेलले उहाँको शब्द लाई कम्पोज गरी सुन्दर संगीत रचना गरिदिएका थिए । गायक खरेलले गौतमलाई भविष्यमा सहकार्य गर्नसकिने भनेर हौसला पनि दिए । अब गौतमलाइ अघिल्लो साउण्डमा पुग्नका लागि भोटको जरुरी छ । रौतहटको माटोले जन्माएको प्रतिभालाई फुलाउन हाम्रो माया, साथ, सहयोग र प्रोत्साहन जरुरी रहेको भन्दै समाजिक संजालमा उनको लागी भोट माग्ने काम भइरहेको छ । प्रतियोगी गौतमले अघिल्लो राउण्डमा पुग्नको लागी आम नागरिक संग आफनो अमुल्य मत मागेकि छिन । एकपटक भोट गरेर आफनो प्रतिभा आम नेपाली बिच ल्याउनको लागी उनले सहयोग गरिदिन आग्रह समेत गरेकी छिन ।
भोटिङ लाइन भोली शुक्रबार दिउँसो १२स्०० बजे सम्म खुल्ला रहनेछ । चन्द्रपुरकी चेली गौतमको लागी मधेश प्रदेश उधोग तथा पर्यटन मन्त्री युवराज भट्टराई समिर,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी लगायतले समाजिक संजाल मार्फत गौतमलाइ भोट गर्न आग्रह गरेका छन ।
भोट गर्न ओएसआर कनेक्ट एस डाउनलोड गरी इसेवा र खल्तीको माध्यम बाट भोट गर्न सकिन्छ। विदेशमा बस्नुहुने शुभचिन्तकहरुले खल्टी डट कम बाट भोट गर्न सक्नुहुनेछ।