चन्द्रपुर,११ बैशाख
रौतहटको चन्द्रपुरमा रंक्त संचार केन्द्र स्थापनाको लागी भवन निमार्ण हुने भएको छ । मंगलबार चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले उक्त भवनको शिलान्यास गरेका छन । चन्द्रपुर नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी उपशाखा चन्द्रनिगाहपुरले भबन निर्माण कार्यको थालनी गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख काफलेले भबन निर्माणको शुभारम्भ गर्नु हुदै चन्द्रपुरमा ब्लड बैकको आबश्यक्ता लाई मध्यनजर गर्दै भबन निर्माणको शुभारम्भ गरिएको बताउनु भयो । रगतको अभाबमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्नका लागि परोपकारी कार्य स्वरुप ब्लड बैक स्थापना गर्न भबन निर्माण थालिएको बताउनु भयो । चन्द्रपुर नगरपालिका वडानम्बर ५ स्थित गुञ्जन एफएम नजिकै ब्लड बैक स्थापना हुने भएको छ । चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष नीलहरी कोईरालाले चन्द्रपुरमा रगतको आबश्यक्ता बढदै गएको अबस्थामा ब्लड बैकको लागि कार्य थालनी हुनु आफैमा गौरबको बिषय रहेको बताउनु भयो । भबन निर्माण कार्य समयमै सम्पन्न गरी ब्लड बैक संचालनमा ल्याएमा यस भेग लगायत छिमेकी जिल्लाका रगत पीडितहरुको उद्धार हुने उहाले बताउनु भयो । नेपाल रेडक्रस सोसाईटी उपशाखा चन्द्रनिगाहपुरका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले यस भेगमा रक्त संचारको अभाब खडकिरहेको अबस्थामा भवन निमार्णको शुभारम्भले हौसला बढाएको बताउनु भयो । भवन निमार्ण पश्चात चाडै नै रक्तसंचार केन्द्र संचालन हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । शिलान्यास कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सल्लाहकार समिति सदस्य उमेश बास्कोटा,नगरपालिकाका प्राबिधिक टोली,स्थानिय भद्रभलादमी लगायतको सहभागिता रहेको थियो ।