चन्द्रपुर,१८ जेठ
हिजो बिहीबार साझ आएको हावाहुरीले नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखा अन्र्तरगत पर्ने ३ वटा ट्रान्सफरमर उडाएको छ भने ५० भन्दा पोल भाचिएको छ । चन्द्रनिगाहपुरको देउराली चोक र सरकारी अस्पातल नजिक रहेको ट्रान्फरमर हावाले उडाएर क्षति भएको नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र कुमार यादबले जानकारी दिएका छन । यसैगरी गुजरा नगरपालिकामा पनि एउटा ट्रान्सफरमर उडाएको प्रमुख यादबले जानकारी दिए । चन्द्रपुर नगर क्षेत्रमा मात्रै ५० भन्दा बढी बिधुतका पोल हावाहुरी भाचेर नष्ट गरेको शाखा प्रमुखको भनाइ रहेको छ । ति क्षेत्रमा २४ घण्टा देखी बिधुत अबरुद्ध छ । चन्द्रपुर नगरपालिकाको वाड नं. १,३,५ लगायतको वाडमा अहिले पनि बिधुत अबरुद्ध छ । देउराली चोकको ट्रान्सफरमर चडाउने काम भइरहेको प्रमुख यादबले बताए । शनिबार बेलुका सम्म सबै क्षेत्रमा बिधुत संचालन हुनेगरी काम भइरहेको यादबले जानकारी दिए ।
बिधुत अबरुद्ध हुदा शुक्रबार बिहान खानेपानी समेत अबरुद्ध भएको थियो । मर्मतपछि प्राधिकरणले दिउसो १२ बजे लाइन छाडेपछि खानेपानी सुचारु भएको छ । हुरीले मुनलाइट एकेडेमी देखी चन्द्रनिगाहपुर सरकारी अस्पताल रोडमा बिधुतका पोलहरु सखाप भएर भाचिएका छन । बिहीबार साझ आएको हावाहुरीले करिब ३५ लाख भन्दा बढीको क्षति पुगेको अनुमान रहेको शाखा प्रमुख यादबले बताए ।
चन्द्रपुर २ मा रुखले बिधुतको पोल भाचिदिएपछि बिधुत अबरुद्ध भएको छ ।
२४ घण्टा देखी बिधुत अबरुद्ध हुदा स्थानियबासी मार्कामा परेका छन ।