चन्द्रपुर,१७ जेठ
केही दिनयता बढेको चरम गर्मीको कारण आम नागरिकको जिवनयापन प्रभाबित भएको छ । अत्यधिक गर्मी भएकै कारण रौतहटको चन्द्रपुर नगरपालिकाले आफनो नगर क्षेत्रको सरकारी बिद्यालय बन्द गर्न पत्रचार गरेको छ । गर्मीको कारण पठन पाठन गर्न समस्या आएपछि जेठ १८ गते देखी २२ गते सम्म चन्द्रपुर नगर क्षेत्रका सरकारी बिद्यालय बन्द गर्ने निर्णय गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनु भयो । अति गर्मी बढेपछि नगर क्षेत्रको ४७ वटै बिद्यालय ४ दिनको लागी बन्द गर्ने निर्णय गरेको नगर प्रमुख काफ्लेले बताउनु भएको छ । शिक्षा समन्वय इकाइ कार्यालय रौतहटको पत्रअनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी बिद्यालय बन्द गर्न पत्रचार गरेको चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिनुभयो । रौतहटको. अन्यपालिकाहरुमा पनि धमाधम बिदा दिन थालेका छन । चन्द्रनिगाहपुरको मुनलाइट एकेडेमीले जेठ १४ र १५ गते बिदा दिएको थियो भने हिजोआज बिहान साडे ६ बजे देखी साडे १० बजे सम्म कक्षा संचालन गरेको बिद्यालयको प्राचार्य श्याम किशोर चौधरीले जानकारी दिएका छन । अन्य निजी बिद्यालयहरुले भने बिदा दिएका छैनन ।