Saturday, June 22, 2024

नेपाली सेनाको आयोजनामा १४ सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण

ताजा / भरखरै प्राप्त

रौतहट,१९ जेठ
रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा १४ सय भन्दा बढी नागरिकले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।
नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल तथा वीरदल गण र गढीमाई नगरपालिकाको सहकार्यमा वडा १ समनपुर स्थित श्री शंकर गुदर माविको प्राङ्गणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा १४ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका हुन । सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट वञ्चित समुदायहरूलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गण रौतहट गौरका कर्णेल गंगा विष्टले बताएका छन्।
लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यले सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख सङ्ख्यामा बिरामीले स्वास्थ्य लाभ लिएको कर्णेल बिस्टले जानकारी दिए।
शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरिब तथा आर्थिक रूपले विपन्न समुदायले आफ्नै घर दैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरवासीको सौभाग्य रहेको विचार राखेका थिए ।
नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर , चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताल लगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरेका थिए । शिबिरमा पुरुष भन्दा बढी महिलाले स्वास्थ्यको परिक्षण गराएका थिए । शिबिरमा आखा,नाक,कान,घाटी,सुगर,गाइनो लगायत बिभिन्न रोगहरुको परिक्षण गरिएको थियो ।
उक्त शिविरमा चितवन मेडिकल कलेज, सिभिल होस्पिटल चन्द्रपुर, प्रादेशिक अस्पताल गौरका चिकित्सकहरुद्धारा विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।शिविरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल, नेपाल आई केयर सेन्टर गौर, त्रिनेत्र आँखा अस्पताल गौरले ९ सय ७६ जना विरामीको आँखाको परिक्षण गरिएको छ । ७८ जनालाई मोतिया विन्दु भएकाहरुलाई निशुल्क शल्यक्रिया गरिने, ३ सय ३६ जनालाई चस्मा र ३ सय ९८ जनालाई औषधी वितरण गरिएको छ । गढीमाई नगरपालिकाको संयोजनमा सम्पन्न भएको सो निःशुल्क स्वास्थ्य शिविरमा लाइन्स क्लव चन्द्रनिगाहपुर, लाइन्स क्लव आफ फेमिना चन्द्रपुरले सहयोग गरेको थियो । प्रभु बैंक गौर शाखाले चिकित्सकहरुलाई खाजा, शिविरमा आउने विरामीहरुको लागि पानी, लगायतका सामानहरु उपलब्ध गराइएको थियो । मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशनमा तथा २८ नम्वर बाहिनी को विशेष पहलमा आयोजना भएको शिविरमा सहायक रथी राजेन्द्रमणी गिरी, जिल्ला समन्वय समितिका सभापति रामअयोध्याय यादव, गढिमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरदल गणका गणपति गंगा बहादुर विष्ट, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, वडा अध्यक्ष राम पुकार यादव, भुपु सैनिक प्रहरी संघ रौतहटका अध्यक्ष कृष्ण खड्का,लायन्स क्लव का बिनोद गुप्ता लगाएत समाजसेवीहरु, जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles