यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको चपुरमा गौरबमय यात्रा

0
96

चन्द्रपुर,३२ जेठ
प्रेम र समावेशिताको उत्सव अर्थात् प्राइड मन्थ गौरवको महिना २०२४ मनाउने क्रममा सप्तरङ्गी नेपाल चपुर रौतहटले गौरवको यात्रा गरेर प्राइड महिना मनाइएको छ। ¥यालीमा रौतहट जिल्लामा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको समावेशिता सँगसँगै मानव अधिकारको क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। गौरवको यात्रा सप्तरंगी नेपालको कार्यालयबाट सुरुवात भएर चपुर बजार परिक्रमा गरी मुख्य चोकमा आएर विभिन्न सांस्कृतिक कार्यक्रम सडक नाटक गरेर मनाइएको थियो। कार्यक्रममा सप्तरंगी नेपालको अभियानमा सहयोग पु¥याउने विभिन्न संघसंस्थाहरूलाई मायाको चिनो प्रदान गरेर पनि सम्मान गरेको थियो। ट्राफिक प्रहरी कार्यालय रौतहट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, एएन प्लाजा होटेल, एभरेस्ट बैंक चन्द्रपुर हस्पिटल लगायतका व्यक्तित्वहरुलाई मायाको चिनो दिएर सम्मान गरेको थियो। त्यो सम्मान सहकार्यको समावेशिताको विविधताको प्रतीक थियो। गौरवको महिना मनाउने क्रममा कार्यक्रमको सञ्चालन यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासङ्घ नेपालका कार्यक्रम संयोजक सिम्रन शेरचनले सञ्चालन गरेको थियो भने गौरवको यात्रा को पूर्ण व्यवस्थापन सप्तरंगी नेपालका कार्यक्रम संयोजक जिना राना र प्रशासनिक अधिकृत राधिका तिमिल्सिना ले गर्नुभएको थियो। कार्यक्रम समापन कार्यक्रममा समुदायको साथीहरूले नाचगान नाटक अभियान नै गरेर मनाइएको थियो। कार्यक्रमको अवसरमा आयोजक समूहले गर्व महिना, जसलाई हामी प्राइड मन्थको रुपमा पनि चिन्छौं, विविधता, सम्मान र समताका मूल्यहरुलाई सम्मान गर्ने समय हो भन्दै कुराको जोड दिनुभएको थियो। कार्यक्रम सम्पन्न गर्न आर्थिक रुपमा निलहिरा समाज काठमाडौँ, चन्द्रपुर नगरपालिका, सिभिल हस्पिटल, चन्द्रपुर हस्पिटल लगायतका संघ संस्थाले सहयोग गरेको थियो ।
कार्यक्रममा सिम्रन शेरचनले यो महिना, जुन विविधता र समावेशिताको प्रतीक हो, हामी सबैलाई समानता, माया, र आदरको सन्देश फैलाउने अवसर प्रदान गर्दछ भन्ने कुराको जोड दिएको थियो।
गर्व महिनाको इतिहासको चर्चा जून १९६९ मा, न्यूयोर्कको स्टोनवेल इनमा भएको विरो संघर्षको सुरुवात गरेपश्चात जुन महिनालाई चाहिँ गौरवको महिना अधिकार स्थापित गर्न भूमिका खेलेको महिनाको रुपमा विश्वभर विभिन्न कार्यक्रम गरेर जुन महिनाभरि यो दिवस मनाइन्छ। कार्यक्रमको बारेमा बोल्दै सप्तरङ्गी नेपालका कार्यक्रम संयोजक जिना राणाले यो दिवस समावेशिता र विविधता माया र प्रेम सहकार्य र समानता को कुरालाई जोड मा जोड दिन्छ भन्ने कुरा उजागर गर्नुभएको थियो। त्यस्तैगरी सप्तरङ्गी नेपालका प्रशासनिक अधिकृत राधिका तिमिल्सिनाले हामी सबैले यो गर्व महिनालाई साँचो अर्थमा मनाउनुपर्छ, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय ले मात्र हैन त्योभन्दा बाहेकको महिला पुरुष हरेक परिवारले हरेक समूहले हरेक दिन हरेक दिन विविधता, समानता, र प्रेमको सन्देश फैलाउन फैलाउँदै समाजमा शान्ति समृद्धि र ऐक्यबद्धता ल्याउन सबैको हातेमालो एकदम जरुरी रहेको कुरा पनि बताउनुभयो साथै सप्तरंगी नेपालले यो गर्वको महिनामा चन्द्रनिगापुर नगरपालिकामा रहेका १५ वटा भन्दा बढी विद्यालय हरुमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी जानकारीमूलक सशक्तिकरण जनचेतनाको कार्यक्रमहरू सञ्चालन गरिरहेको कुरा पनि बताउनुभयो। हामीले हाम्रो समाजलाई समावेशी र न्यायपूर्ण बनाउनको लागि निरन्तर प्रयास गरिरहनुपर्ने कुराको महत्व दर्शाउनुभयो। कार्यक्रममा करिब १०० भन्दा बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here