चन्द्रपुर,७ असार
रौतहटको चन्द्रपुर नगरपालिकाको १३ औ नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले बिकाशको काममा सबै मिलेर अघि बढनुपर्ने बताएका छन । जनताको समस्याको बारेमा सबै तहका जनप्रतिनिधि एकमत भएर अगाडी बढनुपर्ने संसद तिमलसिनाले बताए । यसैगरी कार्यक्रमका अतिथि तथा प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिरले यस क्षेत्रको बिकाशको लागी प्रतिबद्ध भएर अगाडी बढने बताएका छन । रौतहट क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री भट्टराईले चन्द्रपुर नगर क्षेत्रको बिकाशको लागी तिनै तहको सरकार एकमत हुनुपर्ने बताए । यस क्षेत्रको बिकाशका लागी एकमतम भएर अगाडी बढने र भरपुर सहयोग गर्ने समेत मन्त्री भट्टराईको भनाइ रहेको थियो ।
यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आगामी बजेटमा जनताकाका योजना मात्रै समेटेर ल्याएका बताएका छन । जहा जनताका समस्या छन त्याहा नगरपालिकाले बिकाशको योजना पुराउने नगर प्रमुखले बताए । संघिय सरकार र प्रदेश सरकारको समन्वयमा पनि बिकाशका कामहरु भइरहको र आउदा दिनहरुमा पनि अझ शसक्त भएर सहकार्य गरेर अगाडी बढने नगर प्रमुख काफ्लेले बताए ।
नगर सभाले आर्थिक बर्ष २०८१/०८२ को. लागी १ अर्व ८ करोड १० लाख ४१ ह्जार रुपैया रकम बिनियोजन गरेको नगर उप प्रमुख जयमाला चौधरीले जानकारी दिएकी छिन । नगर प्रमुख संजय कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न नगर सभामा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी,वाड नं. १ देखी १० सम्मका १० जना वाड अध्यक्ष ,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु,कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।