चन्द्रपुर नगरपालिकाद्धारा महेन्द्र माबिलाइ सम्मान

0
112

चन्द्रपुर,१९ असार
माध्यमिक शिक्षा परिक्षा (एसईइ) २०८० मा रौतहटको चन्द्रपुर नगरपालिका भित्र सामुदायिक बिद्यालय तर्फ उत्कृष्ठ भएको भन्दै चन्द्रपुर नगरपालिकाले महेन्द्र माबि रैयाटोललाइ सम्मान गरेको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले बुधबार एक कार्यक्रमको आयोजना गरी बिद्यालयमै बिद्यालयकी प्रअ कमला थापा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारलाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।
चन्द्रपुरको सामुदायिक तर्फ १२ वटा माध्यमिक बिद्यालय मध्ये महेन्द्र माबि रैयाटोलले ८९.७१ प्रतिशत परिक्षाफल ल्याएको थियो ।
सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले उत्कृष्ट नतिजा ल्याएपनि अध्ययन अध्यापनमा अझै गुणस्तरीय प्रदान गनुर्् पर्ने बताउनु भयो । सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिबारी, शिक्षा शाखा संयोजक दिपेन्द्र मण्डल, वडाअध्यक्ष दुतबहादुर थिङ्ग, बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको उपस्थीती रहेको थियो ।
सम्मानले काम गर्न अझ हौसला बढेको सो बिद्यालयकी प्रधानाध्यापक कमला थापाले प्रतिक्रिया दिनुभएको छ ।
यस बर्ष प्रकाशित एसइईको परिक्षाको नतिजा क्रमश श्री बाग्मती माध्यमिक बिद्यालय चन्द्रपुर–१ बाग्मतीले ८७ दशमलब ७६, श्री कृष्ण माध्यमिक बिद्यालय चन्द्रपुर–१० ले ८६ दशमलब ८९, श्री जनशक्ति माध्यमिक बिद्यालय चन्द्रपुर–३ गैडाटारले ८२ दशमलब ५०, श्री दुर्गा माध्यमिक बिद्यालय चन्द्रपुर–४ ठाडाटोलले ८१ दशमलब ३, श्री जनजागृती माध्यमिक बिद्यालय चन्द्रपुर–९ सिन्धुरेघारीले ७१ दशमलब ८२, श्री माध्यमिक बिद्यालय चन्द्रपुर–२ जुडिबेलाले ६४ दशमलव २०, श्री कालिका माध्यमिक बिद्यालय चन्द्रपुर –७ बनबहुअरीले ५५ दशमलव ५६, श्री सुबलाल माध्यमिक बिद्यालय चन्द्रपुर–८ सन्तपुरले ४८ दशमलब ४८, श्री जनज्योती माध्यमिक बिद्यालय चन्द्रपुर–६ चन्द्रनिगाहपुरले ४० दशमलब ३९, श्री ओम माध्यमिक बिद्यालय चन्द्रपुर–८ सन्तपुरले २३ दशमलब ५३, श्री माध्यमिक बिद्यालय चन्द्रपुर–९ डुमरियाले ८ दशमलब ३३ प्रतिशत नतिजा ल्याएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here