विश्व मत्स्य दिवशको अबसरमा बागमती नदीमा १ लाख माछाका भुरा छाडियो

0
37

चन्द्रपुर,७ मंसिर
नेपाल मत्स्य ब्यबसायी संघ रौतहटले विश्व मत्स्य दिवशको अबसर पारेर रौतहटको नुनथर स्थीत बागमती नदीमा एक लाख माछाको भुरा छाडिएको छ । बागमती नदीमा माछा लोप हुदै जान थालेपछि आज विश्व मत्स्य दिवशको अबसर पारेर माछा उत्पादक तथा ब्यबसायीहरुले एक लाख माछाका भुरा छाडेका हुन ।
सोही कार्यक्रममा नेपाल मत्स्य ब्यबसायी संघ रौतहटका अध्यक्ष दिलिप सहनीले रौतहटमा पछिल्लो समय माछा पालन किसानहरुको संख्या बढिरहेको जानकारी दिनुभएको छ । रौतहटमा १ सय हेक्टर भन्दा बढी जमिनमा माछापालन भइरहेको उहाले जानकारी दिनुभयो । अध्यक्ष सहनीले रौतहटमा करोडौको संख्यामा ह्याचरी मार्फत माछाको भुरा उत्पादन गर्दै आइरहनु भएको छ । रौतहटमा भारत,मलेसिया लगायतका देशहरुबाट माछा आउने गरेको कारण यहाका माछा उत्पादकहरु मार्कामा परेको मत्स्य ब्यबसायी भुपेन्द्र खडकाले गुनासो गर्नुभएको छ । माछा बाहिरबाट आउन थालेपछि यहाका किसान सस्तो दरमा माछा बिक्री गर्न बाध्य रहेको उहांले बताउनु भयो । माछा उत्पादनमा आर्कषण बढेको भएतापनि बजारीकरणमा समस्या रहेको खडकाले जानकारी दिनुभएको छ । यसैगरी अर्का माछा ब्यबसायी राकेश कुमार साहले राज्यले माछा पालनको लागी सुबिधा प्रदान गरेको भएतापनि नेपाल बिधुत प्राधिकरणले पोखरीमा पानी लगाउनको लागी राखिने बिधुत महसुल उद्योगको रुपमा लिएको गुनासो गर्नुभयो । माछा उत्पादनकर्ता किसान भएको बताउदै साहले माछा उत्पादनकर्ताहरुलाइ पनि किसानलाइ दिइने सुबिधा अनुसार नै बिधुतको सुबिधा पाउनु पर्ने धारणा राख्नुभएको छ ।कार्यक्रममा नेपाल मत्स्य ब्यबसायी संघका संस्थापक अध्यक्ष तुलसी गिरीले पछिल्लो समय माछा उपभोग गर्नेहरुको संख्या बढेकै कारण यहाका किसानहरु माछा उत्पादनमा आर्कषण भएको बताउनुभएको छ ।
बागमती नदिमा ब्याट्रीबाट माछा मार्न थालेपछि भुरा माछा देखिन छाडेको छ । स्थानिय सरकारले भुरा माछा संरक्षणको लागी ब्याट्रीबाट माछा मार्नेहरुलाइ रोक लगाउनु पर्ने संस्थापक अध्यक्ष गिरीको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here