चन्द्रपुर,२२ चैत
रौतहटमा यस बर्ष ३ वटा सामुदायिक वन उपभोक्ता समुहमा दिगो वन ब्यबस्थापन कार्यक्रम लागु हुने भएको छ । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित दिगो वन ब्यबस्थापन तथा सम्र्बधन प्रणाली कार्वान्यन सुदृढिकरण तथा एवंं गोष्ठी कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले उक्त जानकारी दिनुभएको हो ।
यस बर्ष रौतहटको हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर ४,तिलेश्वर सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर ३ गैडाटार र भोर्लेनी सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर ३ मा दिगो वन ब्यबस्थाप कार्यक्रम लागु गरिने डिभिजन वन प्रमुख साहले जानकारी दिनुभयो ।
यस अघि रौतहटका ७ वटा सामुदायिक वन र ३ वटा साझेदारी वनमा बैज्ञानिक ब्यबस्थापन कार्यक्रम लागु भएको थियो । अन्य सामुदायिक वन तथा साझेदारी वनमा आउदो बर्ष यो कार्यक्रम लागु गरिने समेत उहाँले जानकारी दिनुभएको छ ।यसैबिच सोही कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद खडकाले वन क्षेत्रको सहि सदुपयोग गर्न सके फाइदा नै फाइदा हुने बताउनु भएको छ । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित दिगो वन ब्यबस्थापन तथा सम्र्बधन प्रणाली कार्वान्यन सुदृढिकरण तथा एवं गोष्ठीको उदघाटन गर्नुहुदै प्रजिअ खडकाले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी खडकाले बिरुवामा पानी हालेर उदघाटन गर्नुहुदै वन क्षेत्र गरिब तथा बिपन्न वर्गका नागरिकहरुले समेत सहज रुपमा सेवा सुबिधा पाउने काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । वनक्षेत्र भित्रका काठ दाउरा सहज रुपमा बिक्री बितरण गर्न सके राज्यको पनि राजस्व संकलन हुने र अर्को तर्फ स्थानिय नागरिकलाइ समेत फाइदा हुने उहाको भनाइ रहेको थियो । वन क्षेत्रमा राम्रो काम गर्नेलाइ पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाइ दण्डित गर्नुपर्ने समेत प्रजिअ खडकाले बताउनु भएको छ । यसैगरी प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जयसवालले दिगो वन ब्यबस्थापन कार्यक्रम मधेश प्रदेशको वन मन्त्रालयले स्वीकृत गरिसकेको जानकारी दिनुभएको छ । जब सम्म स्थानिय स्तरका नागरिकलाइ वन संरक्षणबारे सचेत गराउन सकिदैन तब सम्म वन क्षेत्रको संरक्षण गर्न कठिन हुने निर्देशक जयसवालले बताउनु भयो । कार्यक्रममा निर्देशक जयसवालले काठ बिक्री बितरणमा अबरोध पुराएर कुहाउनेलाइ पनि कार्वाही गर्नुपर्ने बताउनु भएको छ । बैज्ञानिक वन ब्यबस्थापनको अर्को रुप दिगो वन ब्यबस्थापन भएको हुदा यसलाइ स्थानिय स्तरका सामुदायिक तथा साझेदारी वनहरुले उपयोगमा ल्याउनुपर्ने उहाले बताउनु भयो । वनबाट उत्पादन भएका काठ दाउरा सही समयमा बिक्री बितरण गर्न समेत उहाले आग्रह गर्नुभएको छ ।
यसैगरी डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले दिगो वन ब्यबस्थापन कार्यक्रमलाइ प्रभाबकारी रुपमा अगाडी बढाउन भरपुर सहयोग गर्ने बताउनु भएको छ । दिगो वन ब्यबस्थापन कार्यक्रमको बारेमा जनप्रतिनिधिहरुलाइ समेत जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिने समेत डिभिजन वन प्रमुख साहले बताउनु भएको छ । नदी जन्य पदार्थको निकाशीको लागी कानुन अनुसार निकाशी गर्न समेत उहाले स्थानिय सरकारलाइ आग्ह गर्नुभएको छ । नियम िबिपरित काम गर्ने कानुन अनुसार कार्वाही गरिने समेत उहाले बताउनु भयो । उहाले डिभिजन वन कार्यालयबाट दिइने सेवा प्रवाहमा कुनै समस्या भए सिधै आफुलाइ सम्पर्क गर्ने समेत आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा सप्तरीको तिलाठी कोइलाठी गाउपालिकाकी उपाध्यक्ष फुल कुमारी साह,प्रशिक्षक राजेश राई,रंगपुर साझेदारी वन ब्यबस्थापन समितिका अध्यक्ष अशोक यादब,रामलाल बृन्दावन साझेदारी वन ब्यबस्थापन समितिका अध्यक्ष शंकर राय,तिलेश्वर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजु धामी,हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामलाल ठोकर लगायतको उपस्थीती रहेको थियो । यसैगरी सोही तालिममा रौतहटका ३ वटै साझेदारी वन ब्यबस्थापन समितिका पदाधिकारीहरु, बिभिन्न सामुदायिक वनका पदाधिकारीहरु,डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेृमन्त प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन वन अधिकृत राजेश साहले गर्नुभएको थियो भने स्वागत मन्तब्य वन अधिकृत गणेश साहले गर्नुभएको थियो । उक्त गोष्ठी शनिबार सम्म संचालन हुने कार्यक्रम संयोजक राजेश साहले जानकारी दिनुभएको छ ।