चन्द्रपुर,२३ चैत
रौतहटको चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा चन्द्रपुरमा एक दिने निःशुल्क कान स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । उक्त शिबिरको रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री युवराज भट्टराईले आफनो कानको परिक्षण गरेर शुरुवात गर्नुभएको थियो । स्वास्थ्य सम्बन्धी सामाजिक अभियानहरू केवल सहकारीहरूको आर्थिक गतिविधिमा मात्र सीमित नभएर, समुदायप्रतिको उत्तरदायित्व प्रति प्रतिबद्धताको उत्कृष्ट उदाहरण कार्य गरेको प्रदेश सभा सदस्य भट्टराईले बताउनु भएको छ । समाजिक अभियानमा सहकारी संस्थाहरु सक्रिय भएर लाग्नुपर्ने उहाको भनाइ रहेको थियो ।
संस्थाले विगत १४ वर्षदेखि आफना शेयर सदस्यहरुको निरन्तर कान स्वास्थ्य शिविर संचालन गदै आएको संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिनुभएको छ । सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तरगत समाजिक हितका बिभिन्न गतिबिधिहरु संस्थाले गदै आएको अध्यक्ष तिवारीले बताउनु भएको छ ।
कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी सघका उपाध्यक्ष रामविश्वास पासवान, चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलम,चन्द्रदोय साकोसका अध्यक्ष बसन्त आचार्य, सफल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देबकी नेपाल, संकल्प साकोसका अध्यक्ष गणेश पौडेल हातेमालो साकोसका अध्यक्ष दीपक घिमिरे,नव बिकाश साकोसका सल्लाहकार शालिग्राम उपाध्याय,देब बहादुर सापकोटा,दुर्गा प्रसाद चिमोरिया, इम्प्याक्ट नेपाल रौतहट शाखाका प्रमुख हरेश्याम झा लगायतको आतिथ्यता रहेको थियो ।
इम्प्याक्ट नेपाल रौतहट शाखाका प्रमुख हरेश्याम झाले समाजिक कार्य अन्र्तरगत संघ संस्थाको सहकार्यमा निशुल्क कानको शिबिर सचालन गदै आएको बताउनु भएको छ । इम्प्याक्ट नेपालले रौतहटमा मात्रै बार्षिक २५ हजार हाराहारी संख्यामा नागरिकको कानको उपचार गर्ने गरेको झाले जानकारी दिनुभएको छ । शिबिरमा देखिएका समस्याको उपचार समेत निशुल्क गर्ने उहाले जानकारी दिनुभयो । शिविरमा रामरेवती प्रतिष्ठान र हिमालयन पोलिक्लिनिक प्रालिले निशुल्क औषधीको ब्यबस्था गरेको थियो । रामरेवती प्रतिष्ठानका अध्यक्ष तथा नव बिकाश साकोसका सल्लहकार डा.शालिग्राम उपाध्यायले कानका बिरामीहरुलाइ आफुले निशुल्क औषधी ब्यबस्था गरेको जानकारी दिनुभएको छ । शिबिरमा २ सय ४३ जनाले कानको परिक्षण गरेको नव बिकाश साकोसका मुख्य ब्यबस्थापक यज्ञ प्रसाद प्रसाईले जानकारी दिनुभएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न शिबिरको उदघाटन सत्रमा संस्थाका कोषाध्यक्ष कुलशेखर पहाडीले स्वागत मन्तब्य राख्नुभएको थियो. भने सचिब दिनेश मैनालीले संचालन गर्नुभएको थियो ।