चन्द्रपुर,२४ चैत
डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरले वन अतिक्रमण गरेको आरोपमा एक जनालाइ पक्राउ गरेको छ । डिभिजन बन कार्यालय रौतहट अन्तर्गत बृन्दाबन सब डिभिजन बन कार्यालय बलरीको गस्ति टोलिले अतिक्रमणको लागि खयरघारी वन फाडी रहेको आरोपमा आइतबार बिहान वृन्दावन नगरपालिका वडा नम्बर ४ हरैया निबासी बिल्टु राय यादव लाइ पक्राउ गरेको हो । बृन्दावन नगरपालिका वडा नम्बर १ स्थित पुर्वमा वागमति नदी, पश्चिममा वागमति नदीको पश्चिम भंगालो, उत्तरमा खयरघारी र दक्षिणमा खयरघारी ऐलानी खेतवारीको चारकिल्ला भित्रको खयरघारी वन क्षेत्रभित्र अन्दाजी ०–५–० कठ्ठा (०.१८ हेक्टर) जग्गामा रहेको झाडी बुट्यान खुकुरीले फाँडी वन अतिक्रमण गरीरहेको अबस्थामा यादब लाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले जानकारी दिनुभएको छ । पक्राउ परेका यादब लाई कानुन बमोजिम कारबाही गरिने बन अधिकृत साहले बताउनु भयो ।
वृन्दावन सब डिभिजन वन कार्यालयको क्षेत्रमा धमाधम वन अतिक्रमण भइरहेको स्थानियले बताएका छन्। अहिले बागमती नदीले वन क्षेत्र अधिग्रहण गरेको भूभाग खेतीयोग्य जमिनमा परिणत गर्ने कार्य बढेको स्थानियले जानकारी दिएका छन ।