बिरगंजमा साडे ६ बजे देखी कर्फ्यु

0
130

बिरगंज,३० चैत
वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेपछि शनिबार साझ देखी कफ्र्यु लगाइएको छ । प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कफ्र्यु लगाइएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम शनिवार साँझ ६ः३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कफ्र्यु आदेश जारी गरेका हुन् ।कफ्र्यु अवधिमा तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न यो आदेश जारी गरेको जनाएको छ ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकाल्ने क्रममा दुइ समुदाय बिच छपकैयामा झडप भएको हो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको थियो । यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।यस क्रममा झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा लाठीचार्जसमेत गरेको छ । वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । यता, झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् । प्रहरीले घटनास्थलमा लाठीचार्जसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here