रातो कारबाट १ सय ३३ किलो गाँजा बरामद

0
139

रौतहट,६ साउन
रौतहट प्रहरीले आज मंगलबार बिहान एक निजी कारबाट एक सय ३३ किलो गाजा बरामद गरेको छ । चन्द्रनिगाहपुर— गौर सडक खण्ड अन्र्तरगत झाझ पुल नजिक प्रहरीले चेकजाचको क्रममा सो गाजा बरामद गरेको हो ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको रातो रङको कार चेकजाँचको क्रममा प्रहरी देखेपछि चालकले सवारी साधन लिएर भाग्न खोज्दा झाझपुल नजिकै झण्डै २० फिट गहिरो कासघारीमा झरेको थियो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले गाडीको डिक्की जाँच गर्दा १३ वटा प्लास्टिकका पोकामा लुकाइ राखिएको करीब एक सय ३३ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन । प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको प्रनाउ रायले जानकारी दिए ।
घटनापछि चालक फरार रहेको र उक्त गाडी तथा बरामद गाँजा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको उहाले जानकारी दिनुभयो । फरार चालकको खोजी कार्य भइरहेको समेत रायले. जानकारी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here