सहकारी स्तरीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
213

चन्द्रपुर – राष्ट्रिय सहकारी बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाको आयोजनामा सहकारी स्तरीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बैंकका शाखा प्रमुख रुपा थापाले जानकारी दिनुभयो । बैंकले सहकारी संस्थाहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने, सहकारी संघ संस्थाको सेवालाई गुणस्तरीयता सुनिश्चित गर्ने, समय सापेक्ष क्षमता अभिवृद्धि गर्ने तथा सहकारी संघ संस्था र सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ सहकारी स्तरीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा बैंकको मधेश प्रदेशका प्रमुख विष्णु प्रसाद पराजुलीले सहजीकरण गर्नुभएको थियो । उहाँले स्तरीकरण कार्यक्रमको प्रक्रिया, प्रभावकारिता र सहकारीहरूको समग्र सुधारमा यसको भूमिका बारेमा विस्तृत जानकारी दिनुहुँदै, सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने बैंकको प्रयासबारे प्रकाश पार्नुभयो । शाखा समन्वय उप–समितिका सदस्य देव बहादुर सापकोटाको अध्यक्षता, रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा शाखा समन्वय उप–समितिका सदस्य वशन्त कुमार आचार्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here