ब्राउन सुगर सहित चारजना पक्राउ

0
222

रौतहट,२६ असोज
रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धीत लागु औषध ब्राउन सुगर सहित ४ जनालाइ पक्राउ गरेको छ । प्रहरीले आज आइतबार २ जना र हिजो शनिबार २ जनागरी ४ जनालाइ प्रतिबन्धीत लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
हिजो शनिबार रौतहटको गुजरा नगरपालिका वार्ड नं. २ कटानीटोलबाट काठमाण्डौ जिल्लाका काठमाण्डौ महानगर—१२ का बौद्ध बस्ने २० बर्षिय कोमल गुरुङ र सिन्धुलीको मरिण गापा ५ बस्ने २१ बर्षिय मनिष घलानलाइ ९.३०० ग्राम ब्राउन सुगर लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरिक्षक रुपा लाबुङले जानकारी दिएकी छिन ।
घलानले लगाएको पाइन्टको गोजीमा आइस चुरोटमा बेरेर राखेको अबस्थामा उक्त लागु औषध भेटिएको प्रहरी नायब उपरिक्षक लाबुङले जानकारी दिइन ।
पक्राउ परेका गुरुङ र घलानको बयानको आधारमा आज आइतबार बिहान रौतहटको गुजरा नगरपालिका वार्ड नं. २ कटानीटोल बस्ने ४० बर्षिय सन्जु भन्ने ज्ञान बहादुर थिङ र सोही गाउ बस्ने २० बर्षिय आजात अंसारीलाइ १.८६० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको उनले बताइन ।
अंसारी र थिङले सो गाउबाट ब्राउन सुगर बेचबिखन गर्ने गरेको सुचना पाएपछि उनीहरुको घर खनतलासी गर्दा थिङ सुत्ने ओछयान मुनी ब्राउन सुगरको २० ओटा पुरिया बनाइ लुकाइ राखेको अबस्थामा १.८६० ग्राम,ल्ष्तचबशभउबm लेखेको लागू औषध जस्तो देखिने टयाबलेट १३ थान र नगद रु ६५ हजार एकसय रुपैया नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक लाबुङले जानकारी दिएकी छिन ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरिक्षक रामाशंकर यादबको नतृत्वमा गएको टोलीले थिङ र अंसारीलाई पक्राउ गरेर ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here