चन्द्रपुर,१४ कार्तिक
रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु पोखरेलले सहकारी एकिकरणलाइ प्राथामिकता दिनुपर्ने बताउनु भएको छ । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको २९औं वार्षिक साधारण सभाको उदघाटन गर्नुहुदै अध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । सभाको उद्घाटन गर्दै संघका अध्यक्ष बिभु पोखरेलले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संघलाई आगामी दिनमा प्रविधिमैत्री बनाउने र सहकारी एकीकरणलाई प्राथमिकता दिने लक्ष्य रहेको जानकारी दिनुभयो । प्रतिवेदनमा संघले २०८० साल चैत्रमा दोस्रो चार वर्षे रणनीतिक योजना निर्माण गरी “गुणस्तरीय साकोसका लागि सुशासनयुक्त गतिशील संघ” बन्ने परिकल्पना गरेको उल्लेख छ । साथै, सदस्य संस्थाहरूको गुणस्तरीयता कायम गरी सहकारीमा आबद्ध सदस्यहरूलाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य पनि राखिएको छ । त्यसैगरी, महासचिव देवबहादुर सापकोटाले प्रस्तुत गर्नुभएको २०८१÷८२ सालको प्रगति प्रतिवेदनमा संघका विभिन्न कार्यक्रम र गतिविधिहरू समेटिएका छन् । प्रतिवेदनअनुसार, सहकारी संस्थाका महिला सञ्चालक र महिला कर्मचारी लक्षित तीज विशेष कार्यक्रम “मितव्ययिताका साथ चाडपर्व मनाऔँ, फजुल खर्च बचतमा रूपान्तरण गरौँ” भन्ने नारासहित आयोजना गरिएको थियो, जसमा १५३ जनाको सहभागिता रहेको थियो। संघले सन्तपुर महिला उद्यमी साकोस ९चन्द्रपुर–८, बनरझुला० र साथी साकोस ९चन्द्रपुर–५, चन्द्रनिगाहपुर० मा घुम्ती बैठकहरू आयोजना गरेको थियो। यस्तै, विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम, सहकारी दिवसको पूर्वसन्ध्यामा बाटो सरसफाइ, तथा लेखा सुपरिवेक्षण समिति र लेखापालका लागि दुई दिने ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । त्यसैगरी, सहकारी सञ्चालक तथा कर्मचारीहरूलाई ऋण असुली र धितो लिलामीका कानुनी पक्षबारे तालिम दिइएको, साथै बनभोज कार्यक्रम पनि गरिएको उल्लेख छ । कोषाध्यक्ष नरेन्द्रबहादुर रानाले प्रस्तुत गर्नुभएको वित्तीय प्रतिवेदन अनुसार, गत वर्ष संघको सम्पत्ति तथा जायजेथा ७२ लाख ८९ हजार ८ सय ७० रुपैयाँ रहेकोमा यो वर्ष बढेर १ करोड ६७ हजार ७ सय ११ रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्षको पूँजी तथा दायित्व पनि सोही अनुपातमा वृद्धि भई १ करोड ६७ लाख ७ सय ११ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संघले ५९ वटा प्रारम्भिक सस्थाको बिचमा कारोबार गरि शेयरपुजी ३२४५००, जगेडा कोष २६४२३५, अन्य कोष २१५८५४,बचत १५६५२३६२, ऋण लगानी १३५२८३८०, गर्दै १६७००७११ को वासलात बनाउन सफल भएको संघका अध्यक्ष बिभु पोखरेलले जानकारी दिनुभएको छ । गत आर्थिक बर्षको ९३ हजार ८ सय ८ रुपैया को घाटालाइ सुधार गर्दै यस आर्थिक बर्षमा १ लाख ८४ हजार ३९ रुपैया खुद नाफा गर्न सफल भएको समेत अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ । कार्यक्रममा महासचिव देब बहादुर सापकोटा ,कोषाध्यक्ष नरेन्द्र बहादुर राना,लेखा संयोजक जितेन्द्र चौधरीले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा स्वागत उपाध्यक्ष राम बिश्वास पासवानले गर्नु भएको थियो भने सन्चालन सचिब वसन्त आचार्यले गर्नु भएको थियो ।कार्यक्रममा सल्लाहकारहरु खड्ग बहादुर बम्जन,देवकी नेपाल , ठाकुर प्रसाद उपाध्याय पुर्व सल्लाहकार गणेश पौडेल ,म्यानेजर क्लबका पुर्व अध्यक्ष यज्ञ प्रसाईं प्रारम्भिक सस्थाका प्रतिनिधिहरु बासु अधिकारी ,राजेन्द्र तिमल्सिना ,जनार्दन कोइराला ,कुल प्रसाद अधिकारी लगायतले सुझाव दिनुभएको थियो ।






