चन्द्रपुर,२३ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले लैङ्गिक गर्नेलाइ समाजिक बहिष्कार गर्नुपर्ने बताउनु भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तरगत आज चन्द्रपुर एकेडेमी चन्द्रनिगाहपुरले आयोजना गरेको कार्यक्रममा नगर उप प्रमुख चौधरीले यस्तो बताउनु भएको हो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नगर उप प्रमुख चौधरीले लैङ्गिक हिंसाको कारण धेरै दिदि बहिनीहरुले दुःख पाइरहेको अबस्थामा यसको निर्मुल पार्नको लागी समाजका सबै सरोकारवालाहरुको महत्पवुर्ण भुमिका रहने बताउनु भयो । हिंसाले समाजलाइ दुषित पार्ने भएको हुदा यसबाट सबैजना सचेत रहनुपर्ने समेत उहाको भनाइ रहेको थियो ।
यसैगरी चन्द्रपुर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले लैङ्गिक हिंसा समाजको जटिल समस्या बनेको बताउनु भएको छ । नोमेम्बर २५ अर्थात महिला हिंसा उल्मुलन दिवशको दिनबाट शुरु भएको यस अभियान भोली अर्थात डिसेम्बर १० को दिन मानब अधिकार दिवशको दिनमा समापन हुने शाखा प्रमुख बरालले जानकारी दिनुभयो ।
शाखा प्रमुख बरालले समाजमा भएको लैङ्गिक हिंसाको समाधानको लागी सरोकारवाला सबैले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । हिंसाबारे कुनै किसिमको घटना भए खबर गर्न समेत उहाले आग्रह गर्नुभएको थियो ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक राजेन्द्र थापा मगर,चन्द्रपुर अस्पताल प्रालिका संचालक डा.सुवास चौधरीले पनि लैङ्गिक हिंसा न्युनिकरण तथा अन्त्यको लागी आफनो तह तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रम चन्द्रपुर एकेडेमी संचालक समिमितका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । समितिका अध्यक्ष आचार्यले घरेलु हिंसा,बाल बिवाह,मानव बेचबिखन लगायत बिषयहरुमा समाजिक सचेतनाको लागी चन्द्रपुर एकेडेमीले यस्ता किसिमका कार्यक्रमहरु गदै आएको बताउनु भएको छ ।
बिद्यालयका संचालक शेखर पहाडीले संचालन गर्नुभएको उक्त कार्यक्रममा अर्का संचालक राजेन्द्र तिवारीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यालयका संचालक नबिन बराल, संचारकर्मी लगायत शिक्षक,बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।






