जन्मोत्सव पार्क मर्धरको बिकाशको लागी प्रतिबद्ध—मन्त्री घिसिङ

0
137

चन्द्रपुर,२६ मंसिर
नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात, शहरी बिकाश एवं उर्जा मन्त्री कुलमान घिसिङले रौतहटको चन्द्रपुर ९ मर्धरमा रहेको जन्मोत्सव पार्कको बिकाशको लागी सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ । शुक्रबार रौतहटको चन्द्रपुर ८ मर्धरमा जन्मदिनलाइ सतर्कममा जोडौ भन्ने अभियान अन्र्तरगत बृक्षारोपण जन्मोत्सव कार्यक्रमको उदघाटन गर्नुहुदै मन्त्री घिसिङले यस्तो बताउनु भएको हो । अब सबैजना सतकर्ममा हिडनुपर्ने बताउदै मन्त्री घिसिङले यस्ता कामहरुको बिकाशको लागी सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।उहाले सोही कार्यक्रमा आउदो फागुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ ।
देशको परिर्वतनको लागी राजनितिक नेतृत्व सही हुनुपर्ने हुदा आउदो निर्वाचनमा सहि ब्यक्तीलाइ निर्वाचित गरेर पठाउनु पर्ने मन्त्री घिसिङले बताउनुभयो । देशले नया र सक्षम नेतृत्व खोजिरहेको अबस्थामा आउदो फागुण २१ गते हुने निर्वाचनमा देशलाइ माया गर्ने र देशप्रति सर्मपित नेतृत्व छान्न समेत मन्त्री घिसिङले आग्रह गर्नुभएको छ ।
जनताका आशा र अपेक्षा धेरै भएको बताउनुहुदै मन्त्री घिसिङले भन्नुभयो ‘हाम्रो अबधि तिन महिना भित्र सक्ने किसिमको काम हामी गरेर देखाउछौ तर तिन महिना पछि पनि धेरै काम गर्नुपर्ने हुदा सही नेतृत्व छान्ने काम जनतामा रहेको छ ’ । अहिले हामीले काम गर्न नसक्ने ठेकेदारहरुलाइ धमाधम कार्वाही गरिरहेका छौ रौतहटमा पनि काम गर्न नसक्ने ठेकेदारहरुलाइ कार्वाही गरेर बिकाशका काम अगाडी बढाउने उहाँले बताउनु भयो ।
आफु बिधुत प्राधिकरणको कार्यकारी अधिकृत हुदा बिधुतको क्षेत्रमा आमुल परिर्वतन आएको भएता पनि अब देशको सबै क्षेत्रम आमुल परिर्वतनको खाचो रहेको मन्त्री घिसिङको धारणा थियो । देशका अधिकांश समस्याको समाधान भनेको सही नेतृत्वको चयन भएको हुदा त्यस तर्फ आम नागरिकले ध्यान दिनुपर्ने उहाले बताउनु भयो । किसानहरुको माग अनुसार अहिले सिचाइ मन्त्रालय अन्र्तरगत करिब १७÷१८ अर्ब रुपैया बराबरको डिप बोडिङ परियोजना चलिरहेको समेत मन्त्री घिसिङले जानकारी दिनुभएको छ ।
जन्मदिनलाइ सतकर्ममा जोडौ भन्ने अभियान्ता तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचिब गोबिन्द चौलागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उर्जा,जलस्रोत तथा सिचाइ मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङग,रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतको सहभागिता रहेको थियो । जन्मदिनलाइ सतकर्ममा जोडौ भन्ने अभियानका साथ रौतहटका चन्द्रपुर ९ मर्धरको जन्मउत्सव पार्क संरक्षण समिति बनाएर सो क्षेत्रको बिकाश गरिदै आएको छ । कार्यक्रमको संचालन समितिका सचिब प्रराज चौलागाईले गर्नुभएको थियो ।
मन्त्री घिसिङले आजै रौतहटको अलपत्र अबस्थामा रहेको चन्द्रपुर ३ स्थीत रहेको चादी नदीको पुल,दुर्गाभगबती गाउपालिका वार्ड नं. ४ को बागमती नदीमा रहेको बडहर्वा पुल,गौर इशनाथ नगरपालिका जोडने बकैया नदीको टिकुलियाघाटको पुल लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here