चन्द्रपुर,१३ माघ
फाल्गुण २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रौतहट—४ बाट उम्मेदवार बन्नु भएका नेपाली कम्युनिष्ट पार्टीका राम कुमार भट्टराईले संबिधान संसोधन र क्षेत्रको समग्र बिकाशको लागी आफुले उमेदवारी दिएको बताउनुभएको छ । मंगलबार चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा २०७२ को संबिधान बनाउदा पनि आफु संबिधान सभा सदस्य रहेको र भदौ २३÷२४ गते पछि फेरिएको परिस्थीती अनुसार संबिधान संसोधनको आवश्यकता रहेको हुदा आफुलाइ पार्टीले उमेदवार बनाएको भट्टराईले बताउनुभयो ।
उहाले निर्वाचन जितेपछि आफनो कार्यकालमा भएका अधुरा विकास निर्माणको कार्यको निरन्तरतामा जोड दिने समेत बताउनु भएको छ । उहाँले भन्नुभयो, “नयाँ नेता आएपछि अरूले सुरु गरेको काम निरन्तर नगर्ने चलन रहेको छ । माननीय सदस्य हुनु भनेको जनताको सेवक हुनु हो, त्यसैले सुरु भएका योजनाको निरन्तरता दिनु आवश्यक छ ।” भट्टराईले २०७० सालमा आफैं निर्वाचित भएपछि सञ्चालन गर्नुभएको “एक पुल(एक सडक” कार्यक्रमको उदाहरण पेश गर्दै भन्नुभयो, “चादी नदिको गैडाटार जोड्ने पुल र चन्द्रपुर(सन्तपुर(डुमरिया जोडेर बनाउने रिङ्गरोडको योजना पछिका माननीय सदस्यले निरन्तरता नदिदा अधुरै रहेको बताउनु हुदै उहाले निर्बाचित भएपछि अब त्यस्ता अधुरो योजनामा मेरो ध्यान रहने बताउनु भयो ।” उहाँले मध्य तराई क्षेत्रमा पानीको संकटका विषयमा समेत चर्चा गर्दै भन्नुभयो बन विनाश र मानव बस्तीको विकासका कारण चुरे क्षेत्रको पानीको रिजर्भ घट्दै गएको छ र डिपटयुबेल तथा चापाकलमा पानी सकिएको छ । त्यसैको समाधानका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र खानेपानी मन्त्री महेन्द्र यादवको निर्णयअनुसार सुनकोशी मरिन डाइभर्सनबाट प्राप्त पानीको पाइपलाइन मार्फत धनुषा देखि पर्सासम्म पु¥याउने गृहकार्य सुरु भइसकेको छ । स्मरणीय रहोस नेकपाका उमेदवार भट्टराईले यही क्षेत्रबाट २०७० सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । पत्रकार सम्मेलनमा मधेश प्रदेश सभा सदस्य युवराज भट्टराई,संबिधान सभा सदस्य देबेन्द्र पटेल,महिला नेतृ देवकी नेपाल,चन्द्रपुर—६ का वार्ड अध्यक्ष सहदेब केसी लगायतको उपस्थीती रहेको थियो ।






