आफनै बुबाको हत्यागर्ने छोरा १८ बर्षपछि पक्राउ

0
64

रौतहट,१७ बैशाख
आफनै बुबाको हत्या गरेको आरोपमा १८ बर्षपछि छोरा पक्राउ परेका छन । रौतहटको गरुडा नगरपालिका —१ जयनगर गाउँका ४९ बर्षिय राम बिलास महत्तो आफनै बुबाको हत्या गरेको आरोपमा १८ बर्षपछि पक्राउ परेका हुन ।
पक्राउ परेका महतोले २०६४ साल जेठ २० गते गरूडा नगरपालिका—१ जयनगर गाउँबस्ने आफनै बुबा ६५ बर्षिय बिशेश्वर महतो कोईरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभएको छ ।
अभियुक्त महतोलाइ प्रहरीले बुधबार चितवनबाट पक्राउ गरेको प्रनाउ बस्यालले बताउनुभयो ।
छोरा महतोले बुबाको हात खुट्टा बाँधी धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ ।
पक्राउ परेका राम बिलास महतो कोइरी मृतक बिशेश्वर महतो कोईरीको कान्छा छोरा हुन ।
घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा बुबाको हत्यामा आफ्नो संलग्नता खुल्ने आशंका गरी निज छोराका सहित स–परिवार भागी फरार भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मृतककै आफ्नै कान्छा छोरा बर्ष ३१ (हाल बर्ष ४९) को राम बिलास महतोले गाँऊ घरका धेरै व्यक्तिहरूसंग ऋण लिएको, अड्डा अदालतमा ऋण लिएकै व्यक्तीहरुसंग जग्गा खिचोला मुद्दा समेत चलिरहेकोमा सो मुद्दाहरूमा लाग्ने खर्च समेत नभएकोले आफनै बुवालाई हत्या गरे पछी सम्बन्धित साहु र जग्गा खिचोला मुद्दाका बिपक्षीहरुलाई समेत ज्यान केशमा फसाउन सकिने र सो गर्दा ऋण समेत तिर्न नपर्ने, जग्गा सम्बन्धी बिवाद समेत सुल्झिने भन्ने नियत राखी बुबाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरिक्षक बस्यालले बताउनुभयो ।
उनले बुवा सुति रहेको गोठ घरमा गई हात खुट्टा बाँधी, धारिलो हतियारले शरिरको विभिन्न भागमा प्रहार गरी आफ्नै बुबालाई हत्या गरेको भन्ने खुल्न आएकोले फरार राम बिलास महतोलाई खोजतलास गर्ने क्रममा १८ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको समेत उहाँले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here