जसपा रौतहट अध्यक्ष पटेलले दिए राजिनामा

0
668

गरुडा -जनता समाजवादी पार्टी (जसपा) का रौतहट अध्यक्ष धर्मेन्द्र पटेलले राजीनामा दिएका छन्। पटेलले अध्यक्षसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।उनले मंगलवार आफ्नो सामाजिक संजाल फेसबुकमार्फत राजीनामाको घोषणा दिएका हुन्। पटेलले संघीय र प्रदेशको निर्वाचनको मुखमा आएर राजीनामा दिएपछि रौतहटमा जसपालाई ठुलो झटका लागेको छ।पटेलले मधेस विरोधी पार्टी एमालेसँग गठबन्धन गरेका कारण राजीनामा दिएको बताएका छ्न्। जसपाको अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थका लागि गठबन्धन गरेको समेत उनले आरोप लगाएका छ्न्। विचार, सिद्धान्त, नीतिभन्दा पनि उपेन्द्रले सत्ता र शक्तिलाई बढी महत्व दिएकै कारण जसपाका नेताहरू रुष्ट रहेको उनी बताउँछन्। जसपा पार्टीबाट देवाहि गोनाहि नगरपालिका पूर्वमेयर समेत बनिसकेको पटेलले आफू देश र मधेसको निम्ति राजनीतिमा रहिरहने पनि स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here