यादबको आफन्तलाइ जागिर नदिएको कारण घरमा आक्रमणको प्रयास भो — नगर प्रमुख जयसवाल

0
596

गरुडा – रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले सोही नगरपालिका नगर प्रमुख प्रत्यासी दिपक यादबले आफन्तलाइ जागिर नलागाइ दिएको भन्दै घरमा आक्रमणको प्रयास गरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले बताएका छन । यादवले गरुडा नगरपालिकामा आफ्नो घरको मान्छेलाई जागिर दिन पटक पटक धम्की दिएको र जागिर नदिएका कारण आफ्नो घरमा तोडफोडको प्रयास गरेको नगर प्रमुख जयसवालले बताए ।
शुक्रबार साझ दिपक यादब सहितको समुहले उनको घरमा ढुंगा प्रहारको प्रयास गरेको थियो । यादबको समुहको आक्रमणले नगर प्रमुख जयसवाल चडने ना १ झ १६७३ नम्बरको सरकारी गाडीमाक्षति पुगेको छ । यादबको नेतृत्वमा आएको अराजक समुहले गाडीमा ढुगा प्रहार गरी तोडफोड गरेको नगर प्रमुख जयसवालका छोरा शैलेश जयसवालले जानकारी दिएका छन । गाडीको अगाडी भागको सिसा फुटेको छ । सो समुहले नगर प्रमुख कै घरमा ढुंगा प्रहारको प्रयास गर्दा प्रहरीले रोकेको थियो ।
गरुडा नगरपालिकाको यस अघिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादब हाकिम हुदा सम्म चुपचाप बसेका दिपक यादब अहिले सो नगरपालिकामा हाकिम परिर्वतन भएपछि आन्दोलित भएको स्थानियले बताएका छन । अहिले गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिब भुदेब झा रहेका छन । कार्यालय घेरा गर्न पुगेका यादबले पत्रकारलाइ गाली ब्यजती समेत गरेका थिए ।
निज दिपक यादबलाइ कार्वाहीको दायरामा ल्याउनुपर्ने रौतहटका पुराना पत्रकार प्रभात झाले बताएका छन । पत्रकारलाइ गाली गरेको भिडियो अहिले समाजिक संजाल फेसबुकमा भाइरल बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here